January 17, 2025

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते घाइतेमध्य एकको अवस्था गम्भिर

0

Oplus_131072

दाङ, २७ असोज ।दशैको दिनमै हिजो दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा दंगीशरण गाउँपालिका-३ बैबाङ निवासी ३३ वर्षका चालक श्याम कृष्ण चौधरी र पछाडी सवार ४१ वर्षका चिन्तामणाी गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये गिरीको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

हेकुलीबाट बैबाङतर्फ जाँदै गरेको रा ८ प ४४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित पल्टिँदा उक्त दुर्घटना भएको हो । दुर्घटना हिजो साँझ पौने ८ बजेतिर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो