July 14, 2025

दंगीशरणका वडाहरुमा नेपाल थारु संघ वडा समिती गठन ।

0

दंगीशरण असोज १८ 

दंगीशरणका वडाहरुमा नेपाल थारु संघ वडा समिती गठन ।

नेपाल थारु संघ दंगीशरण गाउँ कार्यसमितिले नेपाल थारु संघ वडा समिती गठन भेला तथा दशै शुभकामना आदानप्रदान कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । नेपाल थारु संघ दंगीशरणका अध्यक्ष छिपेन्द्र चौधरीको अध्यक्षता तथा नेपालि काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको प्रमुख आथित्यतामा नेपाल थारु संघ दंगीशरणको वडा समिती गठनभेला सम्पन्न गरीएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले नेपालि काङ्ग्रेसले थारुजातिको हकहितका लागि सदैब आवाज उठाउदै आएको बताए ।बिगतमा पनि थारुहरुको प्रतिनिधित्वगर्दै पर्शुनारायण चौधरी ,योगेन्द्र चौधरी,लुम्बिनी प्रदेशको निबर्तमान मुख्यमन्त्री जस्तो पदमा थारुलाइ स्थान दिएको स्मरणगर्दै हरेक कालखण्डमा नेपालि काङ्ग्रेसले हरेक जातजातिको सम्मान गर्न जानेको बताए।

अर्को प्रसङ्गमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएपस्चात थारुहरुको हकहितका लागि मतहवाहरुको लागि नियमित बैठक तथा छलफलको लागि बजेट बिनियोजन,सिकलसेल एनिमियाका लागि बजेट बिनियोजन ,भुइयारथान निर्माण लगायत थुप्रै कामहरु गरेको बताए ।

कार्यक्रममा नेपाल थारुसंघ क्षेत्र न ३ का अध्यक्ष यादब चौधरी,क्षेत्र न ३ ख का सिताराम चौधरी,नेपालि काङ्ग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि मधु चौधरी,नेपालि काङ्ग्रेसका जिल्ला सदस्य शोभाकर न्यौपाने,लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।आजै सम्पन्न कार्यक्रममा वडा न १ देखि वडा न ७ सम्मै वडा समिति समेत गठन गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो