April 18, 2026

सिद्धपृथ्वी जनता माध्यामिक विधालय श्रीगाउँमा छात्रवृत्ति तथा पुरुष्कार वितरण सम्पन्न

0

 दंगीशरण असोज १६ 

सिद्धपृथ्वी जनता माध्यमिक बिधालय दंगीशरण ७ श्रीगाउँले छात्रवृत्ति तथा पुरुषकार बितरण कार्यक्रम सम्पन्न गरेकोछ ।विधालयले नियमनाथ पार्वती योगि स्मृती अक्षकोष र टिका बहादुर डाङ्गी स्मृती अक्षकोषबाट ४ जना बिद्यार्थीलाइ नगद प्रमाणपत्र र पुरुषकार सहित बितरण गरेकोहो ।नियमनाथ पार्वती योगि स्मृती अक्षकोषमा ५० हजारको अक्षकोषको ब्याज रकमबाट २ जना बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाइ पुरुषकृत गरीएकोहो ।यस्तै टिका बहादुर डाङ्गी स्मृति छात्रवृत्ति अन्तर्गत १ लाख ८१ हजारको ब्याज रकमबाट हुन आउने ब्याज रकमबाट कक्षा २ र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने २ जना बिद्यार्थीलाइ नगद,प्रमाणपत्र,र पुरुषकारसहित सम्मान गरीएकोहो ।

छात्रवृत्ति तथा पुरुषकार वितरण कार्यक्रम बिधालयका ब्यबस्थापन समितीका अध्यक्ष दिपक देवकोटाको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा दंगीशरण गाउँपालिकाका शिक्षासाखा प्रमुख बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा भएकोथियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण  गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामुदायिक बिधालयको शैक्षिक सुधारको लागि आफुले कुनैपनि कुराको कमिहुन नदिने गिरीले बताए ।पछिल्लो समय आफुले जहाँ बिद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएकाले कुनैकुराको कमिले गर्दा शिक्षाको गुणस्तरमा कमि आउननदिने बताए ।शिक्षकहरु र बिधालय प्रशासनले सक्रियताकासाथ चासो देखाएमात्र पनि सस्थागत बिधालयसरह सामुदायिक बिधालयपनि सक्षम रहेको  बताए ।बिधालयका प्रधानाध्यापक श्रीधर शर्माले बिषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण बिधापयका शिक्षक गुरुप्रसाद गौतमले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो