April 19, 2026

दंगीशरणमा बाल साहित्य लेखन सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न ।

0

दंगीशरण बैशाख ९ 

दंगीशरण गाउँपालिका वडा न ३ ले आइतबारदेखि आयोजना गरेको विद्यार्थीहरुका लागि बाल साहित्य लेखन सम्बन्धि ३ दिने कार्यशाला मङ्गलवार एक औपचारिक कार्यक्रमकाविच  दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेकोछ ।वडा कार्यालयको स्विकृत बार्षिक कार्यक्रम अनुसार बिनियोजित ४० हजार बजेटवाट ३ दिने बाल साहित्य लेखन सम्बन्धि कार्यशाला सम्पन्न गरेकोहो ।

दंगीशरण ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख टेक बहादुर खत्रीको बिशिस्ट अथित्यतामा सम्पन्न भएकोथियो ।३ दिनसम्म संचालित कथालेखन कार्यशालामा वडा न ३ भित्रका ४० जना बिद्यार्थिहरुको सहभागीता रहेकोथियो ।

३ दिने बाल साहित्य लेखन सम्बन्धि कार्यशालाको समापन समारोहलाइ सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले क्षमता विकासका लागि विद्यार्थीलाइ पढाइ मात्र भन्दापनि अन्य शृजनात्मक र रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुलाइ जोड्नु आजको प्रमुख आवस्यकता रहेको बताए ।कुनैपनि कुरामा ज्ञान प्रदान गर्नका लागि कथाको माध्यम रोचकहुने अध्यक्ष गिरीको भनाइथियो ।

बाल साहित्य लेखनका नेपालकै चर्चित प्रशिक्षक बिजयराज आचार्यले प्रशिक्षण दिएकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो