March 6, 2026

दंगीशरणमा बालविवाह अन्त्यका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

दंगीशरण, दाङ ।
दंगीशरण गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बालविवाह अन्त्यका लागि एकदिने अभिमुखीकरण कार्यक्रम वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीमा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत किशोर–किशोरीहरूलाई लक्षित गर्दै बालविवाह अन्त्यसम्बन्धी अभिमुखीकरण अभियान सुरु गरेको हो।
मङ्गलवार आयोजित कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष शुक्लाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष शम्भु गिरी तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष पीमा ओली खड्काको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले बालविवाह अन्त्यका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले किशोर–किशोरीहरूमा बालविवाहसम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै निकट भविष्यमै दंगीशरण गाउँपालिकालाई ‘बालविवाह अन्त्य गाउँपालिका’ घोषणा गर्ने लक्ष्यसहित सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *