पितृको सम्झनामा दंगीशरण ५ का डागि द्वारा मानवसेवा आश्रममा दिवाभोज ।
पितृकाे सम्झनामा दिवाभाेज ,,,,,,माया दियाै ,ममता दियाै , आमा तिमी देवी हाै! गायक उदित नारायण झाँले गाएकाे याे गीत तुलसीपुर ६ गाइडरमा रहेकाे मानव सेवा आश्रममा आश्रित जिउँदा देवताहरुलाई सुनाइरहँदा कसैले तालि बजाए त कसैले आँखाकाे डिलसम्म आँशु ल्याए। आफ्नो दिवङ्गत आमा पान कुमारी डाँगीकाे वार्षिकि पुण्य तिथिमा दङ्गीशरण ५ पाेटली निवासी कमल डाँगीले आश्रममा आश्रित आमाबुवा लाई दिवाभाेज खुवाउदै गाएकाे गीतले समग्रमा सबैलाई विह्वल बनायाे । पछिल्लाे समयमा मानिस आधुनिक र शहरिया बनिरहँदा बा आमाहरु आफ्नै सन्तानबाट अपहेलित र घृणित बनिरहनुपरेकाे वर्तमान परिवेशमा युवा उर्जाशिल अनि बौद्धिक ब्यक्ति कमल डाँगीले गरेकाे याे कार्यले युवाहरु लाई चेतना र प्रेरणासँगै मातृ वात्सल्यकाे बाेध पनि गराएकाे छ। वर्ष भरी कमाएको रकमबाट आमाको सम्झनामा आफुले सक्ने सहयाेग गर्न पाउँदा आफूलाई बेग्लै ऊर्जा प्राप्त भएकाे र आमा को मृतआत्माले पक्कै खुसी पाएको छ उनी बताउछन्। मानवता र पितृ सत्कार हराउँदै गइरहेकाे हाम्राे समाजकाे लागि उनकाे याे कार्य सबैकाे लागि अनुकरणीय बनेकाे छ।