डा:सुगत अधिकारी सहित दङ्गिशरण आधारभूत अस्पतालका तीन चिकित्सकको विदाई

दंगीशरण असोज ९
दगिशरण गाउँपालिका वडा न ६ बागरमा रहेको श्रीगाउँ प्राथमिक स्वास्थ्यकेन्द्र तथा उक्त स्वास्थ्यकेन्द्रको स्तरोन्नति भई स्थापना भएको दंगीशरण आधारभूत अस्पतालमा दुई वर्ष सेवा दिनुभएका डा.सुगत अधिकारी एबम डा. विशाल कोइराला तथा श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा एकवर्ष एक महिना सेवा गर्नुभएका डा. सन्दिप न्यौपाने सहित तिनै जनाको आजएक कार्यक्रमको अयोजनगरी विदाई गरीएको हो ।

नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत कार्यरत डाक्टरहरुको कार्यअवधि सकिएपछि आज बिदाइ गरीएको हो ।दंगीशरण आधारभुत अस्पतालका ब्यबस्थापन समितीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा बिदाइ समारोह समापन गरीएको हो ।विदाइ समारोहमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले तिनैजना डाक्टरहरुले अस्पतालमा पुर्याएको सेवा प्रसम्सनिय रहेको उल्लेखगरे ।अस्पतालको विकाश र सेवा गुणस्तरमा डाक्टरहरुले खेलेको भुमिका अविस्मरणीय रहेको बताए ।
यस्तै बिदाइ भएर जानलागेका डाक्टरहरुले सेवामा रहदासम्म पालिकाले गरेको सहयोग र साथको लागि पालिका परीवारलाइ धन्यवाद ब्यक्त गर्नुभयो ।

एकवर्ष छ महिना श्रीगाउँ प्राथमिक स्वास्थ्यकेन्द्रको कार्यवहाक प्रमुखका रूपमा रहनुभएका डा: सुगत अधिकारी को कार्यकालमा आधारभूत अस्पतालको स्तरोन्नतिको कार्य, नवनिर्मित भवनद्वारा सेवाविस्तार, डिजिटल एक्सरे सञ्चालन, नयाँ यम्बुलेन्स खरिद, तथा सञ्चालन लगायत विभिन्न उल्लेखनीय कामभएको हो ।