April 18, 2026

स्थानिय पाठ्यक्रम निर्माणको कामलाइ अन्तिम रुप दिदै दंगीशरण गाउँपालिका ।

0

दंगीशरण जेस्ठ १७
प्रमोद आचार्य
दंगीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणकार्यलाइ अन्तिम रुप दिन थालेको छ । गाउँपालिकाले आज आधारभुत तह कक्षा १ देखी ८ कक्षा सम्मको स्थानिय विषयको पाठ्यक्रम हाम्रो दंगीशरणको मस्यौदा पालिका स्तरीय शिक्षा सरोकारवालाहरु विच अन्तर्कृयात्मक गोष्ठी सम्पन्न गर्दै स्थानीय पाठ्यक्रम निर्माणको लगभग आधाभन्दा बढि काम सकेको जानकारी गराएको हो । आज पालिकाभित्रका बिधालयका प्र.अ हरुसङ्ग अन्तर्कृयात्मक कार्यक्रम गर्दै वडाहरुबाट आएका सुझावहरुमाथि छलफल गरीएकोथियो ।छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा साकृतीक सम्पदाहरुको बिषयबस्तु थप गर्नु पर्ने लगायतका सुझाबहरु आएको पालिकाका शिक्षा साखा प्रमुख बिनोद अधिकारीले जानकारीदिनुभयो ।

यस्तै छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष सम्भु गिरीले स्थानीय पाठ्यक्रम निर्माण पछि यहाँको सास्कृतीक,धार्मिक र सामाजिक पक्षको उजागर हुन र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरीएको बताउनुभयो । यस्तै छलफल कार्यक्रममा सामाजिक समितीका सयोजक तथ वडा न ६ का वडा अध्यक्ष रोशन जङ्ग शाहले स्थानिय पाठ्यक्रम लागु भएसङ्गै यहाँको रहन सहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मिल्ने बताउनुभयो ।अन्तर्कृयात्मक गोष्ठी गाउँपालिकाका शिक्षा साखा प्रमुख बिनोद अधिकारीको सभापतीत्व ,गाउपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता ,प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई र समाजिक विकास समितीका सयोजक रोशन जंग शाहको बिशिस्ट आथित्यतामा गोष्ठी सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो