वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रम गर्दै दंगीशरण गाउँपालिका ।
दंगीशरण जेस्ठ १६
प्रमोद आचर्य
दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रस्नको जबाफ दिन आज देखी ७ वटै वडामा सार्बजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेकोछ ।आज वडा न १ देखी शुरु गरीएको सार्बजनिक सुनुवाइ २४ गते पालिका स्तरीय गर्ने गरी आयोजना गरीएको पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो ।आज वडा न १ को कार्यालयमा वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएकोहो ।कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था,बिधालय,तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासा तथा सल्लाह सुझावहरु राखेकाथिय । उपस्थित सहभागीले रासायनिक मलको बिक्रि बितरण देखी गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रमबारे गुणासो गरेकाथिय ।वडा न १ का प्रत्यक्ष सरोकार राख्ने
स्वास्थ्यसस्था,बिधालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रस्नहरुको जबाफ दिदै स्पस्ट पारेकाथिय

।५ बर्ष पहिलेको कार्यकालमा कहिले यस्तो सार्बजनिक सुनुवाइ कार्यक्रम नभएको तर अहिले पालिकाले ७ वटै वडामा पुगी सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको प्रती स्थानीयवासीले खुसि ब्यक्त गरे । यस्तै वडा न १ की सहभागीले फुर्केसल्लिमा बिधुत,संचार,र स्वास्थ्य इकाइ प्रती चासो जनाउदै कहिलेदेखी सेवा पाउन सक्छौ भन्ने प्रस्नमा जबाफ दिदै वडा अध्यक्ष रमेश भण्डारीले आफुले चुनावकावेला गरेका प्रतीबद्दताहरु आफुले क्रमश पुरा गर्ने चरणमा रहेको बताउनुभयो ।बिधुतको लागी पोल बिस्तार गरी तार तान्ने काम सकिएको र छिट्टै मिटर बक्स जडान गरी बिजुलि बत्ती फुर्केसल्लिमा उद्घाटन गरीने बताउनुभयो । यस्तै स्वास्थ्य इकाइको पहलमा पहिलो कार्यकालदेखीनै चासो राख्दै आउनुभएको गाउँपालिका उपाध्यक्ष पिमा वलिको पहलमा स्वास्थ्य इकाइ निर्माणाधिन रहेको र छिट्टै २ जना HA सहितको सेवाप्रवाह गरीने तयारीमा रहेको बताउनुभयो ।त्यस्तै संचार बाट टाढरहेको फुर्केसल्लिमा नेपाल टेलिकमको टावर निर्माण भइरहेको र संचार,स्वास्थ्य,र बिजुलि बत्तीको पहुच पुगे फुर्केसल्लि पनि पालिकासङ्ग सजिलै जोडिने अपेक्षा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।सार्बजनिक सुनुवाइमा स्थानिय बुद्धिजिबि मोहन चौधरी,यज्ञ बहादुर बिष्ट,बामदेव बिष्ट,हरीबहादुर विक लगाएतले आ आफ्नो धारणा राख्नुभएकोथियो ।दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेस्यमाथि प्रकाश पार्नुभएकोथियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो।