काठमाडौमा पठाउ जस्तै दाङमा “प्राइम सेवा”सन्चालनमा आउने
दाङ जेस्ठ १८
काठमाडौमा पठाउ जस्तै दाङमा “प्राइम सेवा”सन्चालनमा आउने भएको छ। क्यासनेप कम्पनी द्वारा मोबाइल एप्स मार्फत घरमै बसि आबस्यकता अनुसार यात्राका लागि बाइक,स्कुटी,अटो,कार आदि मार्फत दाङ जिल्ला भर उक्त सेवा संचालन हुन लागेको संचालक सुमन पोख्रेलले जानकारी दिनु भयो!

प्राइम सेवा एप्स मार्फत ६४ भन्दा बढी मल्टी सेवा लिन सकिने ब्यबस्था गरिएको छ,विभिन्न किसिमका अफर प्याकेज प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश/सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान गर्नुका साथै सेवा ग्राहि राइडरको हकमा बिमा सुविधा पनि रहेको र जसमा १५ लाख सम्म दुर्घटना विमा, ५ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स ,यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा रु १ लाख थप गरिदिने बिमा पोलेसी पनि रहेको छ !
प्राइम सेवा आधिकारिक रुपमा सन्चालन गर्नु भन्दा अगाबै दुई सय भन्दा बढी प्रयोगकर्ता र ७५ बढी राइडरहरु आवद्ध भएको तथा प्राइम सेवामा जोडिनको लागि प्राइमसेवा एप्स डाउनलोड गरि युजरको आबस्यक डकुमेन्ट अपलोड गरि आबद्ध हुन सकिन्छ भने प्राइमसेवा सम्पर्क स्थान घोराही १४ स्थित निमाहल नजिकै रहेको पोख्रेलले जानकारी दिनु भयो।