April 18, 2026

दंगीशरण गाउँपालिका वडा न ३ मा सार्बजनिक सुनुवाइ सम्पन्न ।

0

दंगीशरण जेस्ठ १८
प्रमोद आचर्य
दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रस्नको जबाफ दिन वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेसङ्गै आज वडा न ३ मा सार्बजनिक सुनुवाइ सम्पन्न गरेको छ ।पालिकाले वडा वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्बजनिक सुनुवाइ गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो ।आज वडा न ३ को कार्यालयमा वडा अध्यक्ष सुकलाल चौधरीको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो ।कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था,बिधालय,तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासा तथा सल्लाह सुझावहरु राखेकाथिय । उपस्थित सहभागीले रासायनिक मलको बिक्रि बितरण देखी गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रम र कृषि तर्फ किसानको हित हुने किसिमका योजना हरु ल्याउन आग्रह गरेकाथिय।वडा न ३ का प्रत्यक्ष सरोकार राख्ने
स्वास्थ्यसस्था,बिधालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रस्नहरुको जबाफ दिदै स्पस्ट पारेकाथिय ।सार्बजनिक सुनुवाइमा वडा न ३ को शिक्षा,स्वास्थ्य तथा कृषि सम्बन्धि समस्या र गुणासो सहित स्थानिय युवा ब्यबसायिहरु शुसिल देबकोटा ,अनिल रसाइलि,रबिन्द्र चौधरी लगाएतले आ आफ्नो गुणासो राखेकाथिय। ५ बर्ष पहिलेको कार्यकालमा कहिले यस्तो सार्बजनिक सुनुवाइ कार्यक्रम नभएको तर अहिले पालिकाले ७ वटै वडामा पुगी सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको प्रती स्थानीयवासीले खुसि ब्यक्त गरे ।दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेस्यमाथि प्रकाश पार्नुभएकोथियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका  प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो