April 20, 2026

एक बर्षे कार्यकाल समापनको उपलक्ष्यमा दंगीशरण ६ मा आखा जाच कार्यक्रम

0

दंगीशरण जेस्ठ १९
प्रमोद आचार्य
दंगीशरण गाउँपालिका वडा न ६ ले आफ्नो एक बर्षे कार्यकाल समापनको उपलक्ष्यमा भानु मा.वी. प्रशडुवामा आंखा जाच कार्यक्रम सम्पन्न गरेकोछ ।वडाले जनप्रतिनिधिहरुको एक बर्षे कार्यकालको अबसरमा आंखा शिविर कार्यक्रम गरेको हो ।वडा न ६ को समन्वय तथा राप्ती आंखा अस्पताल तुलसीपुरको आयोजनामा भानु मावी प्रसडुवामा अध्ययनरत करीब २७० जना विद्यार्थीहरुको आंखा जाच गरीएको बिधालयका प्रधानाध्यापक महेन्द्र केसीले जानकारी दिनुभयो । विद्यार्थीहरुको आंखा जांच कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष सम्भु गिरीले आंखा संबेदनसिल अङ्ग भएकाले आंखाको हेरचाह गर्न र आखा स्वस्थ राख्नुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले वडाले भोलिका देशका कर्णधार आजका विद्यार्थी बालबालिकाको आंखा स्वस्थ राख्न आयोजना गरीएको कार्यक्रम प्रती वडालाइ धन्यबाद ब्यक्त गर्नुभयो ।यस्तै अध्यक्ष गिरीले आज भन्दा २०/३० बर्ष अगाडि बत्ती मधुरो भएर आंखामा समस्या हुनेगरेको स्मरण गर्दै अहिले पछिल्लो समय चर्को बिधुतको नजिक बाट संचारका साधन प्रयोग गर्दा आंखाको समस्या निम्तियको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष रोशन जंग शाहले आफुहरुको एक बर्षे कार्यकालको अवसरमा विद्यार्थीहरुको आंखा स्वस्थ राख्न आखा अस्पतालको समन्वयमा कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । यस्तै विद्यार्थीहरलाइ गुणस्तरीय शिक्षा प्रदान गर्न आफु कटीबद्द रहेको बताउदै बिधालयमा बिधार्थिहरुसङ्ग कुनैपनि बहानामा सुल्क लिएको भए आफुलाइ जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा वडाबाट निर्बाचि जनप्रतिनिधिहरुको सहभागीता रहेकोथियो। बिधालयका प्र.अ.महेन्द्र केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो