दंगीशरण ७ मा बाख्रा उपहार कार्यक्रम सम्पन्न
दंगीशरण जेस्ठ २०
प्रमोद आचार्य
दंगीशरण गाउँपालिका कृषि तथा पशु विकाशमा आधारित सानाकिसान तथा युवा उधमसिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परीयोजना अन्तर्गत सिद्देस्वरी महिला समुह दंगीशरण ७ बुटनियाको आयोजना,हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोग ,तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा न ७ मा सम्पन्न भएको छ ।गत बर्षदेखी संचालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत बितरण गरीएक माउ बाख्रा बाट उत्पादीत उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाइ आज एक कार्यक्रमका विच प्रदान गरीएको हो ।भोकालाइ एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेस्यका साथ दंगीशरण कृषि तथा पशु विकाशमा आधारीत साना किसान तथा युवा उधमसिलता साझेदारी अन्तर्गत त्यहाँका महिलाहरुको आर्थिक आयस्तर माथि उकास्न बाख्रा उपहार कार्यक्रम गरीएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताउनुभयो ।गाउँपालिकाको ७० प्रतीशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतीशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभाबकारी काम गर्न परीयोजना लागु गरीएको बताउनुभयो ।यस्तै अध्यक्ष गिरीले भौतीक पुर्बाधारलाइ मात्र विकाश नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समृद्ध दंगीशरण हाम्रो परीकल्पना नाराले सार्थकता पाउने बताउनुभयो ।यस्तै कार्यक्रमका बिशिस्ट अथिती तथा वडा न ७ का वडा अध्यक्ष रेशम वलिले सानो स्रोत बाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने अपेक्षा लियको बताउनुभयो । महिलाहरुलाइ सङ्गठित गर्न र स्रोतको परीचालन गर्दै आय स्तरमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।स्रोतको वृद्धि गरी समृद्धि समाज निर्माण गर्न यस्ता कार्यक्रमरुले टेवा पुर्याउने उहाँको भनाइ छ।कार्यक्रममा महिला सामुदायिक सेवा केन्द्रका नवराज अधिकारी,दंगीशरण गाउँपालिका प्रेश सयोजक प्रमोद आचार्य लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो । बाख्रा उपहार कार्यक्रम सिद्देस्वरी कृषि महिला समुहकी अध्यक्ष सवीत्रा केसीको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,तथा वडा न ७ का वडा अध्यक्ष रेशम बहादुर वलिको बिशिस्ट आथित्यतामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको हो ।परीयोजना बारे हेफर प्रोजेक्ट नेपालका महेश आचार्यले प्रस्ट पार्नुभएकोथियो ।हेफर प्रोजेक्ट नेपाल दंगीशरणकी कार्यक्रम सयोजक गोमा भट्टराईको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सिद्देस्वरी महिला समुहको सदस्य पुष्पा पौडेलले गर्नुभएकोथियो ।