April 18, 2026

जनताले महसुस गर्ने गरी विकाशको लहर ल्याउछौ अध्यक्ष शाह

0

दंगीशरण जेस्ठ २२
प्रमोद आचार्य
दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रस्नको जबाफ दिन वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेसङ्गै आज वडा  न ६ मा सार्बजनिक सुनुवाइ सम्पन्न गरेको छ ।पालिकाले वडा वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्बजनिक सुनुवाइ गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो ।आज वडा न ६ को कार्यालयमा वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो।कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था,बिधालय,तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासा तथा सल्लाह सुझावहरु राखेकाथिय । उपस्थित सहभागीले गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रम र कृषि तर्फ किसानको हित हुने किसिमका योजना हरु ल्याउन आग्रह गरेकाथिय।वडा न ६ का प्रत्यक्ष सरोकार राख्ने
स्वास्थ्य सस्था,बिधालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रस्नहरुको जबाफ दिदै स्पस्ट पारेकाथिय ।सार्बजनिक सुनुवाइमा वडा न ६ को शिक्षा,स्वास्थ्य तथा कृषि सम्बन्धि समस्या र गुणासो  राखेकाथिय।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहले आफुले जनताले महसुस गर्ने गरी वडा लाइ समृद्ध बनाउने सवालमा लागीपरेको बताउनुभयो ।सुचना प्रवाहको सवाल देखी योजना गुणस्तरीयसम्म आफु खटियर लागीरहेको बताउने शाहले आफुले भौतीक पुर्वाधारको विकासलाइ मात्र विकास नठानि आगामि बजेटमा मानविय विकास हुने किसिमका कार्यक्रमलाइ अगाडी सारीने बताउनुभयो । दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेस्यमाथि प्रकाश पार्नुभयकोथियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका  प्रेस सयोजक प्रमोद आचार्यले गर्नुभयकोथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो