April 18, 2026

विराटनगरबाट दाङ आउदै गरेको बस बारामा दुर्घटना एक जनाको मृत्यु ८ को अवस्था गम्भीर

0

विराटनगरबाट दाङ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित ४३ सवार ना ८ ख ११६४ नम्बरको बस मध्यरातमा निजगढ नगरपालिका–८ उनासी पुलमा अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ। घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर छ। बसको अगाडिको पट्दा भाचिँदा दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो