कृषि तथा पशु विकाशमा आधारीत सानाकिसान तथा युवा उधमसिलता साझेदारी परीयोजना अन्तर्गत वडा न ४ को बैबाङमा बाख्रा उपहार सम्पन्न।
दंगीशरण भाद्र ३१
सती महिला समुह दंगीशरण ४ को आयोजना,दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङको साझेदारीमा संचालित कृषि तथा पशु विकाशमा आधारीत सानाकिसान तथा युवा उधमसिलता साझेदारी परीयोजना अन्तर्गत बाख्रा उपहार कार्यक्रम वडा न ४ को बैबाङ सतीमन्दिर परीसरमा सम्पन्न भएकोछ । सतीदेवी महिला समुहकी अध्यक्ष गायत्री बिष्टको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा उपहार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानहरुको आयआर्जन र उन्नतिको लागि साझेदारी परीयोजना मार्फत थुप्रै किसानमैत्री कार्यक्रमहरु समुदायमा लगिएको जानकारीदिय ।सानाकिसानहरुको जिबिकोपार्जनमा टेवापुगोस भन्ने उदेश्यले बाख्रा,नमुना खोर,भकारो सुधार,बिउबिजन बितरण लगायतका प्रत्यक्ष किसानहरु लाभान्वितहुने कार्यक्रम अगाडि बढाएको बताए ।
यस्तै कर्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले उपहार कार्यक्रमले निम्न आयस्रोत भएका किसानहरुका लागि जिबिकोपार्जनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरिन ।समुहका सदस्यहरुमा माउ बाख्राबाट जन्मिएका बाख्रालाइ समुहका अन्य सदस्यलाइ उपहारगरी कृषिमा सहजता ल्याउन सहयोग पुग्ने बताइन ।
उपहार कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष कमल चौधरी,हेफर प्रोजेक्ट दंगीशरणकी सयोजक गोमा भट्टराई लगायतले समुहको माध्यमबाट कृषिमा जोडिदै आर्थिक उन्नतिमा लाग्न आग्रह गरेकाथिय ।