April 18, 2026

सप्तरङ्गि कृषि संजाल दंगीशरणको प्रथम साधारणसभा सम्पन्न ।

0

दंगीशरण भाद्र ३०

गाउँपालिका स्तरीय सप्तरङ्गि कृषक सन्जालको प्रथम वार्षिक साधारणसभा दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सप्तरङ्गि कृषि संजाल दंगीशरणका अध्यक्ष रबिन्द्र चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा प्रथम साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरुको पहिलो प्राथमिकता कृषिमा रहेको उल्लेख गरे ।दंगीशरण गाउँपालिका कृषिमा निर्भर गाउँपालिका रहेकाले पनि यहाँका किसानको हक हित र समस्यामा आफु सधै गम्भीर रहेको बताए। त्यस्तै अध्यक्ष गिरीले तरकारीको सहज बिक्रि बितरणका लागि ठाउँ ठाउँमा  हाटबजारको आवस्यक रहेको बताउनुभयो ।पछिल्लो समय तरकारीमा बढ्दो रुपमा प्रयोग गरीने बिसादिले किसानको स्वास्थ्यमा गम्भीर असर पुर्याएको बताउदै बिषादिको प्रयोग कमगर्न आग्रह गरे ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले किसानहरुको आवस्यक र माग आए कृषि एम्बुलेन्स खरिद गर्नसकिने समेत बताए । 

सप्तीरङ्गि कृषक संजाल कृषि ब्यबसायलाइ आधुनिकिकरण एबम विविधिकरण गरी उत्पादकत्व उत्पादान वृद्धिका लागि एकजुट भइ काम गर्न,उत्पादित वस्तु विक्रीका लागि कृषि हाट बजार बजारको ब्यबस्था गर्न कृषि संजालको स्थापना गरीएको कृषी संजालका अध्यक्ष रविन्द्र चौधरीले जानकारी दिए ।किशानहरुलाइ समुहमा आवद्ध बनाइ सुचना प्रवाहहोस र किशानको हकहितमा संजालले कामगरोस भन्ने उदेश्यका साथ संजाल अगाडि बढेको बताए ।

कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष रेशम वलि,५ का निरज वस्नेत,४ का कमल थारु,१ का रमेश भण्डारी,नारायणी देवकोट ,डिला चौधरी,धनविर चौधरी,समृद्ध समाजका बालकृष्ण खड्का,कृषि साखा प्रुमुख शरु भुषाल लगायतले आ -आफ्नो भनाइ राखेकाथिय ।

वार्षिक प्रगती प्रतिवेदन संजालका सदस्य यज्ञ बहादुर बिष्टले प्रस्तुत गरेकाथिय भने कार्यक्रममा आर्थिक प्रतिवेदन प्रदेशि चौधरीले प्रस्तुत गरेकिथिइन ।संजालका सचीव टन्क प्रसाद आचार्यले  स्वागत मन्तव्य प्रस्तुत गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो