April 18, 2026

बालदिवसको पुर्व सन्ध्यामा दंगीशरणमा चित्रकला प्रतियोगिता सम्पन्न

0

दंगीशरण भाद्र २८
बालबालिकामा लगानि:सुनिस्चित भविष्यको थालनि भन्ने मुल नाराकासाथ ६१ औ बालदिवसको अवसरपारी बिधालय स्तरीय चित्रकला प्रतियोगिता दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । F.J.S. को सहयोग तथा दलित महिला संघ जिल्ला शाखा दाङको आयोजनामा चित्रकला प्रतीयोगिता सम्पन्न भएको हो ।

वालदिवसको पुर्व सन्ध्यामा दंगीशरण गाउँपालिकामा रहेका ४ वटा माध्यामिक विधालयका विधार्थिविच चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको कला र सिपलाइ उजागर गर्न चित्रकला प्रतियोगिता राखिनु सराहनीय रहेको बताउनुभयो ।आजका कलिला उमेरका बालबालिकाहरु सत्य,न्याय र सचेतनाको भुमिकामा रहन आग्रह गर्नुभयो ।

विकाश भन्नाले बाटो बनाउने र ठुला ठुला संरचना बनाउनु मात्र नभइ दलित,जनजाति,अपाङ्गताभएका ब्यक्ती, र बिपन्नको क्षेत्रमा पहुच बढाउनु आजको आवस्यकता रहेको बताउनुभयो । ४ वटा बिधालयमा किशोर किशोरी संजाल गठन गरेको र भोलिका कर्णधार आजका बालबालिका भाएकालेपनि आफुहरुले बालबालिकाको लागि चित्रकला प्रतियोगीता आयोजा गरीएको बताउनुभयो ।

कार्यक्रम अध्यक्ष दलित महिला संघ जिल्ला साखा दाङका अध्यक्ष युवा कराराको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो