दंगीशरण अध्यक्षले गरे बर्षातले पुर्याएको क्षतीको अनुगमन
oplus_0
दंगीशरण भाद्र २८
लगातारको बर्षात सङ्गै आएका खोलानाला,बर्षात,पहिरोले पुर्याएको क्षतीको अनुगमन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले हरेक वडा तथा टोलमा बर्षातले पुर्याएको क्षतीको वारे सम्बन्धित वडा अध्यक्ष अथवा गाउँपालिकामा जानकारी गराउन आग्रह गर्नुभयो ।

गएराती परेको भिषण बर्षाले दंगीशरण गाउँपालिका वडा न ५ सलौरा निवासी सन्जिव चौधरीको घर पुर्णरुपमा क्षती भएको छ भने वडा न २ को एउटा मिल भत्किएको छ । त्यस्तै वडा न ४ को सिचाइकुलोमा क्षती पुर्याउनुका साथै थुप्रै ठाउँमा बिजुलिबत्तीका पोल ढल्दा बिधुत सेवा अवरुद्ध हुनपुग्यो ।

त्यस्तै वडा न २ को दमारगाउँ जोड्ने मुलसडक अवरुद्ध हुँदा आवागमनमा समस्याहुन पुग्यो ।अस्थायी रुपमा बाटो संचालनका लागि गाउँपालिकाबाट ट्याक्टर पठाइ बाटो सन्चालनमा ल्याइएको छ भने भोलि बिहानै J.C.B पठाइ बाटो पुर्णरुपमा संचालनमा ल्याइने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।