आफ्नो गाउँ आफै बनाऔ अभियानमा दंगीशरण ५ का युवाहरु
दंगीशरण भाद्र १७
आफ्नो गाउँ बनाउन दंगीशरण वडा न ५ का स्थानिय युवाहरु सकृय हुन थालेकाछन। हरेक कुरा राज्यकोमात्र भर पर्ननहुने भन्दै गाउँलेहरुले श्रमदानगरी आफ्नो गाउँ टोलमा बिग्रीएका बाटोहरु मर्मतमा जुटेकाहुन ।खोलामा मेसिनको प्रयोग गर्न नपाइने कानुनि बन्देजका बाबजुत स्थानियहरुको श्रमदान र गाउँपालिकाबाट ट्याक्टरको सहयोगमा बाटोहरुको मर्मत थालेकाहुन ।
दंगीशरण गाउँपालिकाको अहिलेको स्थानिय सरकार निर्वाचित पस्चात हरेक बर्ष ७ वटै वडामा बिपत कोषबाट बाटोहरु मर्मत गरिदै आएकोथियो ।गाउँपालिकाबाट बाटो मर्मतकालागि गरीएको पहल र सहयोगले स्थानियहरु खुसि भएकाछन ।वडा न ५ का युवाहरुको अगुवाई तथा गाउँपालिकाको आर्थिक सहयोगमा सलौरा कुर्रि टोलका युवाहरुले श्रमदानगरी बाटो मर्मत गरेकाहुन ।
वर्षातले गर्दा बाटो बिग्रदा आवतजावतमा समस्या भएको र स्कुलबस समेत बन्दभइ पठनपाठनमा असर परेका कारण युवाहरु सक्रिय भएकाहुन ।
यता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँटोलका सानातिना बाटो मर्मतका काममा जनसहभागिता समेत हुनुपर्ने बताएकछन ।गाउँपालिकाबाट आफुहरु गाडिको ब्यबस्थापन गर्ने र स्थानीयहरुले ग्रयाबेल लोड र बाटोमा फिज्ने काम गर्न अनुरोध गरेकाहुन ।सार्वजनिक हरेक सम्पत्तिको संरक्षण र सम्बर्द्धनम आम नागरीकको हातेमालोको आवस्यक रहेको अध्यक्ष गिरीको भनाइछ ।