दंगीशरण १ मा तिजमिलन कार्यक्रम सम्पन्न ।
दंगीशरण भाद्र १५
दंगीशरण १ मा तिजमिलन कार्यक्रम सम्पन्न ।
दंगीशरण गाउँपलिका वडा न १ ले हिन्दु महिला नारीहरुको चाड तिजपर्व र थारुजातिको पर्व अट्वारी पर्वको अवसरपारी तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ ।दंगीशरण गाउँपलिका वडा न १ को आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग,पतन्जलि योग समिती दंगीशरण र समृद्ध समाज दंगीशरणको सहजीकरणमा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो ।वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो
।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सस्कार र सस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।हरेक जातजातिलाइ सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाइ सङ्गै सङ्गै लगेको बताए।
यस्तै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिजको नाममा हुने बिकृती बिसङ्गतीको अन्त्यगर्नु पर्ने बताइन ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाइ प्राथमिकता हुनुपर्ने बताइन ।
थारुजातीको अट्वारी पर्वा र महिलाहरुको चाड हरीतालिका तिजको अवसरमा आयोजना गरीएको सास्कृतीक कार्यक्रममा मौलिक मादल,बासुरीमा पुराना तिजका भाकामा नृत्य प्रस्तुत गरीएकोथियो ।