दाङमा एक पुरुष मृत अवस्थामा फेला ।
Oplus_131072
शनिबार घरबाट हापुरे बजार जान्छु भन्दै हिडेका भण्डारी शान्तिनगर गाउँपालिका–४ स्थित पातेटाकुराको एकली खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दिउसाे साढे १२ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हापुरे हिडेका व्यक्ती शान्तिनगरको एकली खोलामा मृत भेटिएपछि आफन्तले घटनालाई रहस्यमय भनेका छन् । मृतकको शवलाई पोष्टमार्टमाका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा लगिएको छ ।