सस्थागत बिधालयका पुर्व प्राथमिक शिक्षक शिक्षिकाहरुका लागी २ दिने मन्टेस्वरी तालिम आजदेखी सान्तीनगरको बैशामा शुरु

दंगीशरण मङ्सिर ८
प्रमोद आचार्य
गुणस्तरीय शिक्षाका लागी बिधालयको जगको रुपमा रहने पुर्व प्राथमिक शिक्षामा गुणस्तर आउनुपर्ने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछन । नेशनल प्याब्सन दाङले आयोजना गरेको २ दिने मन्टेस्वरी तालिमको शान्तीनगर ५ को बैशामा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती गिरीले यस्तो बताएकाहुन ।पुर्व प्राथमिकतहमा अध्यापान गर्ने शिक्षक शिक्षिकाहरुको महत्त्वपूर्ण भुमिकारहने भएकाले समय सापेक्ष तालिमको आयोजना गरीएको प्रती धन्यवाद ब्यक्त गर्नुभयो । आज देखी शुरुभएको २ दिने तालिममा शान्तीनगर,बबइ,र दंगीशरणमा रहेका सस्थागत बिधालयमा कार्यरत शिक्षक सिक्षिका सहभागीछन ।
यस्तै कार्यक्रममा बोल्दै नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले समय परीवर्तन सङ्गै शिक्षक सिक्षीकाहरुपनि परीवर्तीत हुन आवस्यक रहेको बताएकाछन
बालबच्चालाइ सस्कार तथा नैतिक पाठ सिकाउदै जग बलियो बनाउन आफुहरु अभियानका साथ लागेको र पहिलो चरणको अभियान आजदेखी शुरुवात गरीएको अध्यक्ष न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट आथिती नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाङ्गीले तालिममा सिकेको कुरा बालबालिकालाइ सवल तवरले दिनसके पुर्व प्राथमिक शिक्षामा अझ गुणस्तर थपिने बिस्वास ब्यक्त गरे ।शिक्षक र शिक्षिकाको सब्दलाइ मर्यादित बनाउन र आफु भित्रको कुरा अरुलाइ प्रदान गर्न सक्ने बनाउनुनै तालिमको प्रमुख उदेश्य रहेको डाङ्गीको भनाइथियो ।
२ दिन सम्म चल्ने औपचारीक तालिमको औपचारिक कार्यक्रम नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा नेशनल प्याबसनका केन्द्रीय उपाध्यक्ष सुबोध डाङ्गीको बिशिस्ट आथित्यतामा भएकोथियो ।
नेशनल प्याबसन दाङका उपाध्यक्ष ठाकुर डाङ्गीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नेशनल प्याबसन दाङका सचिव ठाकुर डाङ्गीले गरेकाथिए ।
