सयपत्री फुलखेतीमा रमाउदै युवाहरु

दाङ कार्तिक १८
पछिल्लो समय धेरैजसो युवाहरु बैदेशिक रोजगारीका लागी बिदेश हिडीरहेका वेला सल्यान जिल्लामा जन्मियर दाङ जिल्लालाइ कर्मथलो बनाइरहेका एक युवा उधमि प्रसिद्ध डाङ्गी यतीबेला सयपत्री फुल खेतीमा रमाइरहेकाछन ।
परीश्रम गरे आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भन्ने एउटा गतीलो उदाहरण बनेकाछन डाङ्गी ।बिगतको बर्षदेखीनै सयपत्री फुलको खेती गरेरहेका डाङ्गी अहिले पनि १० कठ्ठा जग्गामा करीव ४००० चार हजार बोट रोपेर खेती गरीरहेको बताउछन ।


कर्मा ५५५ जातको सयपत्री फुल रोपेर पुस्प खेतीमा रमाइरहेका डाङ्गीले गतबर्षपनि राम्रो आम्दानी गर्न सफल भएकाथिए ।यस बर्ष पनि आफ्नो अर्का एक युवा उधमि शान्तिनगर ६ सुण्डबरीका इजन केसी सङ्ग पार्टनरीमा खेती गरीरहेकाछन ।डाङी र केसीले गरेको कर्मा ५५५ जातका सयपत्री फुलको माग देशका विभिन्न ठाउ तथा ठुला शहर
झापा,विराटनगर,नेपालगन्ज,धनगढि,काठमाडौ लगायत देशका बिभिन्न ठुला शहरहरुबाट आइरहेको बताउछन ।
उनिहरु राज्यले आफुहरुको पुष्पखेतीको प्रचार प्रसार तथा उचित बजार ब्यबस्थापन तथा उचित मुल्य निर्धारण गरीदिय आफुजस्ता युवा ब्यवसायिको हौशला बढ्ने उनिहरुको आशारहेको छ ।