April 18, 2026

अपाङ्गता भएका ब्यक्तीहरुलाइ राज्यको मुल प्रवाहमा ल्याउनुपर्ने अध्यक्ष गिरीको भनाइ

0

दंगीशरण मङ्सिर १७

अपाङ्गता भएका ब्यक्तीहरुलाइ राज्यको मुल प्रवाहमा ल्याउन र सिपमुलक कार्यक्रमहरु अगाडी बढाउनु आजको आवस्यकता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछन ।”दिगो विकास लक्ष्य प्राप्तीको प्रतीबद्द्ता “अपाङ्गता भएका ब्यक्तीको अपन्त्व र नेतृत्व सहितको एक्यवद्धता भन्ने मुल नाराकासाथ दंगीशरण गाउँपालिकाले आयोजना गरेको ३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएकाहुन । अपाङ्गता भएका ब्यक्तीहरुलाइ बोलाइने सब्दहरुलाइ ख्याल गरी माया र सद्भाव ब्यक्तगर्न कार्यक्रमका सहभागीहरुलाइ आग्रह गरे ।आफु स्वयंपनि अपांग ब्यक्तीको अभिभावक रहेकाले पनि अपाङ्गता भएका ब्यक्तीको परीवारको पिडा राम्रोसङ्ग बुझेको बताए । आफु निर्वाचित भएलगत्तै अपाङ्गता भएका ब्यक्तीहरुका लागी सेवा पहुच सम्बन्धि निर्णय गरेको जनाउदै अध्यक्ष गिरीले अपाङ्गताको क्षेत्रमा आफुले ५ लाख बजेटनै छुट्टाएर कार्यक्रम अगाडि बढाएको दावि गरे ।

यस्तै अन्तर्कृया कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले अपाङ्गता परीचयपत्र वितरण गर्ने सवालमा क”र ख” मात्र बनाइदिनु पर्यो भन्ने अवाज आइरहदा अपाङ्गता न्युनिकरण गराउन तर्फ लाग्न आग्रह गरीन । अपांगता भएका ब्यक्तीहरुको फरक क्षेमताको मापन गर्दै उनिहरुको क्षमता अनुसारको सिप प्रदान गर्न आफुहरु लागीरहेको बताइन ।

दिवसको अवसरपारी कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिकका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले अपाङ्गताभएका ब्यक्तीहरुका लागी थप सहायता आवस्यक रहने बताए  ।दंगीशरण गाउँपालिकाभित्र रहेका  ५१० जना अपाङ्गता भएका ब्यक्तीहरुको संख्यालाइ घटाउनुपर्ने र सबै ५१० जना अपाङ्गहरुकै प्रोफाइल बनाएर उनिहरुको बर्ग छुटाउन आवस्यक रहेको बताए ।

अपाङ्गताभएका ब्यक्तीहरुको तर्फबाट आफनो भनाइराख्दै रेनुका विकले स्थानिय सरकारले पहिलो पटक अपाङ्गता दिवस मनाएर सराहनीय काम गरेको प्रती खुसी ब्यक्तगरीन बिकले प्रत्यक वडामा एक एकजना अपाङ्गताभएका ब्यक्तीलाइ रोजगारीको अवसर दिनुपर्ने समेत बताइन ।

कार्यक्रममा कार्यपालिका सदस्य चन्दा योगी वडा अध्यक्षहरु डम्बर खत्री, कमल थारु ,रोशन जङ शाह,रमेश भण्डारी ,लगायतले ३२ औ अन्तरास्ट्रिय अपाङ्गता दिवस सम्बन्धि आ -आफ्नो भनाइ राखेकाथिय ।

 अन्तर्कृया कार्यक्रममा स्वागत मन्तब्य सहित कार्यपत्र प्रस्तुत महिला बालबालिका शाखाकी सहायक चन्द्रा वलिले गरीकीथिइन भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गरेकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो