January 17, 2025

आफ्नो निर्वाचन क्षेत्रका अधुरा कामलाइ तत्काल सम्पन्न गर्न निर्देशन दिदै गिरी

0

दाङ पौष २५ प्रमोद आचार्य 

दाङ क्षेत्र न ३ का प्रतीनिधि सभा सदस्य दिपक गिरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बबइ गाउँपालिका वडा न १ भित्रका बिभिन्न योजनाहरुको निरीक्षण तथा अनुगमन गरेकाछन ।आज दाङकै विकट ठाउँको रुपमा चिनिने बबइ १ को भाङ्गावारी ,गङ्गटे लगायतको ठाउँमा पुगि सम्पन्न हुन नसकेका योजना तथा त्यहाँको समस्या तथा स्थानियको मागको वारेमा जानकारी समेत लिएकाछन । 

प्रमुख जिल्ला अधिकारी,सडक विभागका प्रमुख,भौतिक पुर्वाधारका प्रमुख ,तथा जिल्ला बनका प्रमुख लगायतको टोलि सहित गङ्गटे पुगेका गिरीले आफुले बजेट पारेको बादुल्ले धोवीघाट झोलुङ्गे पुल निर्माणको काममा ढिलासुस्ती भयो भन्ने जनगुणासो अनुरुप आज त्यहाँ पुगी झोलुङ्गे पुल निर्माणको काम र त्यहाँको अवस्थावारे जानकारी लिएकाहुन ।

झोलुंगे पुल निर्माणका लागी २०७८/२/११ मा रुजन नाछिरिङ .एस .सी.जे.भि.सिद्ध कुमाख गा.पा.सल्ल्यानले २०७९/२/१८ सम्म निर्माण सम्पन्न गर्ने गरी १ करोड ३८ लाख,११ हजार ,३ सय,सन्ताउन्न रुपैया ५४ पैसामा सम्झौता गरेकोथियो ।सम्झौता अनुरुप समयमा निर्माण सम्पन्न गर्न नसक्दा स्थानियहरुले झोलुङ्गे पुल निर्माणको काम तत्काल संचालन गराइदिन संसद गिरी समक्ष आग्रह गरेकाथिय । 

जवाफमा प्रतीनिधि सभा सदस्य गिरीले निर्माण कम्पनि,स्थानियवासी,र भौतिक पुर्वाधार तथा सडकका प्रमुखलाइ सङ्गै राखी तत्काल निर्माणकार्य सक्न निर्देशन समेत दिएकाछन । निर्माण कम्पनिले अबको ३/४ महिना भित्रमै झोलुङ्गे पुल निर्माणको काम सक्ने गरी काम गर्ने बताएको छ ।पुल निर्माणका लागी आवस्यक पिलर तथा वेसमेन्टको काम सकिसकेकाले अबको ३/४ महिना भित्रमै झोलुंगे पुल निर्माणको काम सक्ने गरी काम अगाडी वढाउने निर्माण कम्पनिले बताएको छ ।

आफु पस्चिम दाङको विकाशमा हरपल लागीरहेको बताउदै प्रतीनिधिसभा सदस्य गिरीले विकास निर्माणको लागी छुट्टाइएका योजनाहरुको काममा कसैलाइ ढिलासुस्ती गर्ने छुट नभएको बताएकाछन ।आफु सधै जनताको साथमा रहेको र अहिले पनि जनताको सुख दुख तथा समस्याहरुको बारेमा जानकारी लिन गाउँ-गाउँमा पुग्ने गरेको संसद गिरीको भनाइ छ ।

अर्को एक प्रसङ्गमा संसद गिरीले आफ्नै पहलमा छिट्टै भौगोलिक बिकटता रहेको वडा न १ को गङ्गटेमा प्रहरीविट स्थापनाका लागी आफु लागीपरेको बताएकाछन । भौगोलिक बिकटता, त्यसमापनि सुरक्षाको अनुभुती त्यहाँका स्थानीय सम्म पुगोस भन्ने उदेस्यले अब छिट्टै प्रहरी विट स्थापना हुनेमा  आफु बिस्वस्त रहेको संसद गिरीको भनाइछ ।

नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले यस अगाडि सिचाइमन्त्री भएकावेला पनि पस्चिम दाङमा विकासको बहारनै ल्यायकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो