April 18, 2026

शुद्धिकरणलाइ चाडै तार्किक निष्कर्षमा पुर्याउन प्रेश युनियन लुम्बिनिको आग्रह ।

0
logo
Minute Khabar
https://calendar.softnep.tools/nepalitime/1?template=1&time=yes&second=yes&clock=yes&bg=ffffff&font_color=444&font_size=14px&font_weight=600
Minute Khabar
menu

सोसल मिडिया

 

हाम्रो बारेमा

सम्पर्क

WEATHER UPDATE

menu
https://weather.softnep.com/
  •   
  • विज्ञान प्रविधि  
  • शुद्धिकरणलाई चाँडै तार्किक निष्कर्षमा पुर्याउन प्रेस युनियन लुम्बिनीको आग्रह

शुद्धिकरणलाई चाँडै तार्किक निष्कर्षमा पुर्याउन प्रेस युनियन लुम्बिनीको आग्रह

मिनेटखवर सम्वाददाता

मिनेटखवर सम्वाददाता

सोमबार, माघ २२, २०८०

112Shares

facebook sharing button
twitter sharing button
sharethis sharing button
prabhat school
Dr laxmi saraswati polyclinic

अर्घाखाँची । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको चौथो बैठक अर्घाखाँचीको सन्धिखर्कस्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल अर्घा दरबार (अर्घा भगवती मन्दिर) परिसरमा सम्पन्न भएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा शनिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । 

बैठकपछि महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको सल्लाहकारमा अर्घाखाँचीका विष्णु भुसाल र बर्दियाका राजेन्द्र धिताललाई मनोनित गर्ने निर्णय गरेको जनाइएको छ ।  बैठकले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई चाँडै तार्किक निष्कर्षमा पुर्याउन महासंघको ध्यानाकर्षण गराउँदै केन्द्रमा व्यक्तिगत उजुरी हालेका नवीकरण र नयाँ सदस्यता पाउनबाट बन्चित वास्तविक क्रियाशील पत्रकारलाई समावेश गरी पत्रकार महासंघ लुम्बिनीको सिफारिस हुबहु कार्यान्वयनका लागि पहल र पैरवी गर्ने निर्णय गरेको महासचिव गिरीले जानकारी दिए ।  

यसैगरी नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको यस अघि गठित ८ वटा विभागहरुमा सहसंयोजक तोक्ने र विभागलाई पूर्णता दिने निर्णय पनि चौथो बैठकले गरेको छ । प्रेस युनियन लुम्बिनीले आगामी बैशाख र जेठ महिनालाई ‘सांगठनिक प्रशिक्षण’ महिनाका रुपमा मनाउने निर्णय समेत गरेको छ । यसै अनुसार लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने महासचिव गिरीले बताए । 

यसैगरी लुम्बिनी प्रदेश सरकारले क्रियाशील १३ जना पत्रकारलाई पुरस्कृत गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पुरस्कारलाई थप सामुदायिक, भौगोलिक र लैंगिक समावेशीकरण सुनिश्चितता हुने गरी मापदण्ड तयार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । लुम्बिनी संचार समन्वय परिषद कानुन बमोजिम व्यवस्थित र समावेशी ढंगले गठन गर्न युनियनले गरेको अनुरोध हालसम्म पनि कार्यान्वयन नभएको, संचार नियमावली निर्माण नभएको र संचार रजिस्ट्रार नियुक्त गर्न नेपाल प्रेस युनियनले बारम्बार अनुरोध गर्दै आइरहे पनि ती कार्यहरु हुन नसकेकोले अबिलम्ब यी निर्णयहरु गर्न लुम्बिनी प्रदेश गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ । साथै प्रदेश सरकारले विगतमा गर्दै आइरहेको अनलाइन मिडिया सूचीकरण कार्य यसपटक स्थगित गरेकोले पत्रिका, रेडियो  र टेलिभिजन जस्तै अनलाइन मिडियालाई पनि अबिलम्ब प्रदेशमा सूचीकरण गर्न माग गर्ने निर्णय गरिएको छ । 

महासचिव गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा आगामी वर्ष २०८१ को क्यालेन्डर (भित्तेपात्रो) प्रकाशन गर्ने र प्रकाशनको जिम्मेवारी प्रकाशन विभागलाई दिने निर्णय गरिएको उल्लेख छ । बैठकले विभिन्न मितिमा देहावसान भएका प्रेस युनियनमा आवद्ध सदस्यहरुका परिवारजनको सदस्यहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ । 

यस्तै चौथो बैठकको आतिथ्यता र व्यवस्थापनका लागि अर्घाखाँची शाखाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यसमितिको पाँचौं वैठक गुल्मीमा गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला अध्यक्षहरुले जिल्लाको सांगठनिक अवस्था, क्रियाशिलता, जिल्ला कार्यसमितिले गरेका गतिविधि र अन्य समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए । 

बैठकमा केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, प्रेस युनियनका अग्रज नेता विष्णु भुषाल, कार्यसमिति सदस्य सुदिप भण्डारी, रविन शर्मा चापागाईं, जिल्ला अध्यक्षहरु बर्दियाका दीपकलाल श्रेष्ठ, बाँकेका प्रियास्मृति ढकाल, कपिलबस्तुका खगप्रसाद चापागाईं, प्यूठानका मधुसुदन भण्डारी, अर्घाखाँचीका लक्ष्मण घिमिरे, रुपन्देहीका कविन्द्र नेपाल, गुल्मीका रेशम कुँवर लगायतले बोलेका थिए । उपाध्यक्ष जयसिंह केसीले स्वागत गरेको बैठकमा अर्का उपाध्यक्ष पहलमान घर्तीले धन्यवाद ज्ञापन गरेका थिए । बैठकमा केन्द्रिय लेखा समिति सदस्य घनश्याम पौडेल, अर्घाखाँचीका निवर्तमान अध्यक्ष विरेन्द्र केसी लगायत उपस्थित थिए । बैठकको संयोजन प्रदेश सचिव सूर्य भुषालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो