नेपाल र क्यानडाबीच क्रीकेट सिरिज भोलि देखि सुरु
नेपाल र क्यानडाबीच यसै साता ३ ओडीआई खेलको सिरिज सुरु हुँदैछ । विहीबार सुरु हुने सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि टोली घोषणा गरेका छन् ।
साद बिन जफरको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडीहरु उपस्थित रहेका छन् । आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंह टोलीमा छन् । अष्ट्रेलियाको उमेर समूह क्रिकेट खेलेका ओपनर म्याथु स्पुर्स भने टोलीमा छैनन् ।
नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग ओडीआई सिरिज खेल्दैछ । त्यस्तै नेपाल ए टोलीले पनि क्यानाडासँग सिरिज खेल्ने तालिका रहेको छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
