आगलागी पिडित परीवारलाइ स्थानिय सरकार बाट राहात सामाग्री बितरण ।

दंगीशरण माघ २५
दंगीशरण गाउँपालिका वडा न २ मा हिजो अपरान्ह भएको आगलागि पिडित परीवारलाइ स्थानिय सरकारले तत्कालका लागी आवस्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा सहितका सामाग्री बितरण गरेको छ । हिजो अपरान्ह दंगीशरण गाउँपालिका वडा न २ निवासी गिता कुमारी बिक तथा मिन प्रसाद बिकको घर बिधुत तार सर्ट हुदा घर पुर्ण रुपमा जलेर नष्ट भएकोथियो ।आगलागि बाट करीव ७ लाख बरावरको क्षती भएको अनुमान गरीएको छ ।

स्थानीय सरकार जनताको हरेक सुख दुखमा साथमै रहेको अनुभुती गराउन आफुहरु तत्कालका लागी चाहिने खाध सामाग्री सहित पिडित परीवारको घरमै पुगि सहयोग हस्तान्तरण गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले बिपतको बेला सवैजना मिलि सहयोग गर्ने बानिको विकाश गर्न आग्रह गर्नुभयो । पछिल्लो समय नयाँ घरका संरचना निर्माण गर्दा जोखिमयुक्त ठाउँको पहिचान गरीमात्र निर्माण गर्न सुझाव दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बिपतको यस घडीमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गरी सद्भाव र सबैको सहानुभूतिको भाव देखाउन आग्रह गर्नुभयो । हिजो भएको आगलागीको घटना पस्चात जनप्रतिनिधिलाइ ढिला जानकारी भएको र आगलागी बाट भएको क्षेती प्रती दुख ब्यक्त गर्नुभयो ।

यस्तै वडा न २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले घटनाका पिडित परीवारलाइ हरेक सहयोगि सस्थाहरु सङ्ग समन्वय गरी राहात सामाग्री प्रदान गर्नतर्फ आफुहरु लाग्ने बताउनुभयो ।
स्थानिय सरकार गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्का सहितको टोलि घटनास्थल पुगी चामल १क्विन्टल ,दाल १ लम्बर ,नुन ५ केजि,बलान्केट २ वटा,झुल ३ वटा,बाटा ३ वटा बाल्टी २ वटा,टी फम ३ पिस,मग २ टबेल २ वटा,खाट २ वटा,डसना २ वटा,तकिया ३ वटा,नुन ,बेसार,सोयाविन,खुर्सानि खाने तेल गरी करीव २५ हजार बरावरको सामाग्री हस्तान्तरण गरीएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।