दंगीशरण स्वास्थ्यसाखाको वार्षिक समिक्षा सम्पन्न ।
दंगीशरण भाद्र १७
दंगीशरण गाउँपालिका स्वास्थ्यसाखाले आर्थिकबर्ष २०८०/८१ को स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय २ दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेकोछ ।आइतबार र सोमबार चलेको २ दिने वार्षिक समिक्षाको अवसरमा स्वास्थ्य सुचकका आधार २ वटा स्वास्थ्य सस्थाहरुलाइ सम्मान गरीएकोछ ।स्वास्थ्य सुचकका आधारमा स्वास्थ्यसस्था हेकुलि र आधारभुत स्वास्थ्यसेवाकेन्द्र रामपुर उत्कृष्ट भएकाछन ।उत्कृष्ट २ वटा स्वास्थ्य सस्थाका प्रमुखहरुलाइ दोसल्लाले र संमानपत्र सहित सम्मानित गरीएकोहो ।
२ दिनसम्म चलेको वार्षिक समिक्षा कार्यक्रमको समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थकर्मिहरुलाइ एकुरेट डाटामा ध्यानदिन आग्रह गर्नुभयो ।
समग्र देशको विकास र समृद्धिका लागि सवैभन्दा पहिले नागरीक स्वस्थहुन आवस्यकहुने बताउदै अध्यक्ष गिरीले पछिल्लो समय सर्ने रोगहरु भन्दापनि नसर्ने रोगले जरा गाडेको प्रती चिन्ता ब्यक्तगर्दै यसतर्फ सचेतना फैलाउन स्वास्थ्यकर्मीहरुलाइ निर्देशन दिनुभयो ।
स्वास्थ्यका बिभिन्न सुचकका आधारमा गरीएका कामहरुले समग्र दंगीशरण गाउँपालिकाको स्वास्थ्य सस्थाहरुको अवस्था संतोषजनक रहेको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले बताउनुभयो ।
यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिमोद अधिकारीले राज्यले शिक्षा र स्वास्थ्यमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।देशको अवस्था कतातिर लैजाने भन्ने सवालमा स्वास्थ्य र शिक्षाले प्रत्यक्ष प्रभाव पार्ने भएकाले पनि स्वास्थ्य र शिक्षाका सवालमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले सानासाना सुचकहरुमा ध्यान पुर्याउन नसक्दा सोचेजति सुचाङ्क बढ्न नसकेको उल्लेख गर्नुभयो ।सङ्गै दंगीशरणमा नसर्ने रोगहरुको प्रकोपमा कमि भएको प्रति खुसिब्यक्त गर्दै प्रमुख आचार्यले स्वास्थ्यकर्मि मानविय संबेदना सङ्ग जोडिएको पेशा भएकाले सोहि अनुरुप व्यबहार प्रदर्सन गरिदिन स्वास्थ्यकर्मीहरुलाइ आग्रह गर्नुभयो ।
समिक्षा गोष्ठीको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभएकोथियो ।