April 18, 2026

खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयाेग।

0

खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयाेग। बासुदेव आचार्य-तुलसीपुर १७ पाैष,
तुलसीपुर -६ रजाैरा दाङमा अवस्थित हिमाल एकाडेमी व्यवस्थापन सङ्काय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नाे खाजा खर्च कटाएर तुलसीपुरमा अवस्थित मानव सेवा आश्रम पुगी आश्रम अवलाेकनकाे साथै त्यहाँ रहेका जिउँदा भगवान् रुपि अाश्रितहरुलाई सहयाेग गरेका छन् । विद्यार्थीहरुले जाडाेकाे लागिअावश्यक पर्ने सामग्री कम्बल सहयाेग स्वरुप आश्रम व्यवस्थापक लाई हस्तान्तरण गरेका थिए । सामग्राी बुझ्दै व्यवस्थापक हृदेश जाेशीले संस्कार हराउदै गइरहेकाे हाम्रो समाजमा विद्यार्थीमा यसरी सकारात्मक साेचकाे विकास भएकाेमा विद्यार्थीकाे उच्चकण्ठले प्रशंसा गर्नुभएको थियाे। किताबका पानाहरुमा पढेका कुरालाई प्रत्यक्ष अवलाेकन गर्न पाएकाेमा आफूहरु खुसी भएकाे र अर्कोतिर आश्रित आमाबुवा देख्दा दुःख लागेकाे विद्यार्थी प्रिन्सु क्षेत्रीले बताइन्। यहाँ देखेका ,अनुभव र अनुभूति गरेका दृश्यले जीवनकाे सार्थकता दिएकाे अर्की छात्रा मनीषा कालाथाेकीले बताइन्। वेला वेला यस्ता अवलाेकनहरुले विद्यार्थीमा सकारात्मक भावनाकाे साथसाथै संस्कार ,सभ्यता र मानवताकाे विकास गराउने धारणा शिक्षक बासुदेव आचार्यले राख्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण मानवसेवा आश्रम तुलसीपुर शाखा प्रमुख हृदेश जाेशीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो