पार्टिभित्र मौलाउदै गएको अराजकतालाइ रोक्नु अहिलेको मुलभुत आवस्यकता: रसाइलि ।
दंगीशरण पौष १४
नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य प्रकाश स्नेहि रसाइलीले नेपालि काङ्ग्रेसलाइ सस्थागत तवरले अगाडि बढाउन १०० दिने विशेष अभियानको थालनि भएको बताए ।नेपालि काङ्ग्रेस दंगीशरण गाउँ कार्यसमितिले आइतबार दंगीशरणको हेकुलिमा आयोजना गरेको नेपालि काङ्ग्रेसको १०० दिने विशेष अभियान अन्तर्गतको कार्यक्रमलाइ सम्बोधनगर्दै नेता रसाइलिले नेपालि काङ्ग्रेस नेतृत्वमा रहदापनि कार्यकर्तामा हिनताबोध हुनुको कारण पत्ता लगाउनुपर्ने बेला भएको बताए ।काङ्ग्रेसलाइ रुपान्तरणगर्न आवस्यक रहेको भन्दै केन्द्रिय सदस्य रसाइलिले नयाँ सोच बिचार र कार्यक्रम आवस्यक रहेको बताए ।पार्टिभित्र मौलाउदै गएको अराजकतालाइ रोक्न आवस्यक रहेको भन्दै नेता रसाइलीले पार्टिको बिधि र सिद्धान्त वाहिर जान नहुने बताए ।नेपालि काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको शभापतीत्वमा भएको समापन कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि समेत रहेका केन्द्रिय सदस्य रसाइलीले काङ्ग्रेस समाबेशिताको जग वसाउने पहिलो पार्टीरहेको समेत बताए ।पछिल्लो समय जनप्रतिनिधि र पार्टीको सम्बन्ध डिभोर्स भएको श्रीमती र श्रीमान जस्तो भएको व्यंग्य गर्दै अबको ३/ ३ महिनमा जनप्रतिनिधि र पार्टीबिचको समन्वायत्मक बैठक बसाल्ने पद्धतिको बिकाशको थालनि गर्ने गरी काङ्ग्रेस अगाडि बढेको बताए ।अर्को प्रसङ्गमा नेता रसाइलिले नेपालि काङ्ग्रेसको कार्यक्रता अब प्रबिधिको सहि सदुपयोगगरी सामाजिक संजालको उच्चतम प्रयोग गर्नतर्फ लाग्न सुझाबदिए ।

नेपालि काङ्ग्रेस दाङका सभापती शंकर प्रसाद डाङ्गीले पार्टीका हरेक क्रियाकलापमा सवै सक्रिय रहनुपर्ने बताए ।यो या त्यो नभनेर सवैले काङ्ग्रेसका निम्ती दत्तचित्त भएर खटिनुपर्ने भन्दै नेता डाङ्गिको पार्टीका तल्नो तहदेखि माथिल्लो तहका नेताहरु लाग्नुपर्ने बताए ।
समापन कार्यक्रममा गाउँपालिकका ७ वटै वडाका वडा सभापतीहरुले आ आफ्नो वडाको पार्टीको अवस्थावारे जानकारी गराएकाथिय ।सोहि अवसरमा ७ वटै वडाका वडा सभापतिहरुलाइ नेपालि काङ्ग्रेसको कृयाशिल सदस्यताको परीचयपत्र समेत प्रदान गरीएकोथियो ।

समापन कार्यक्रम नेपालि काङ्ग्रेस दंगीशरणका सभापति शम्भु गिरीको अध्यक्षता,नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली( स्नेहि) को पमुख आथित्यता तथा नेपाली काङ्ग्रेस दाङका सभापति संकर प्रसाद डाङ्गीको बिशिस्ट आथित्यतामा १०० दिने अभियानको समापन गरीकोहो ।

कार्यक्रममा नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि शंकर गिरी,नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि केशव राज आचार्य लगायत नेपालि काङ्ग्रेसका प्रदेश,जिल्ला ,क्षेत्र, क्षेत्रीय प्रतिनिधि,नेपाल तरुणदल ने.बि संघ,दलितसंघ महिलासंघ,थारुसंघ लगायत नेपालि काङ्ग्रेसका कृयासिल सदस्य,तथा उल्लेख्य सुभचिन्तकहरुको सहभागीता रहेकोथियो ।नेपालि काङ्ग्रेस दंगीशरणका उपशभापती गिरीराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पार्टी सचिव बामदेब बिष्टले गर्नुभएकोथियो ।