April 18, 2026

बिपद ब्यबस्थापन सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम बिरेन्द्र नमुना मा.वी हेकुलिमा सम्पन्न

0

oplus_0

दंगीशरण पौष २१ 

लुम्बिनि प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म तुलसिपुरको आयोजनामा बिपद ब्यबस्थापन सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम बिरेन्द्र नमुना माध्यामिक बिधालय हेकुलिमा सम्पन्न भएकोछ । हाम्रो दैनिक जिबनमा हामिलाइ पर्ने बिपदको समाधान,जोखिम कम गरी बिपदबाट हुनसक्ने धनजनको क्षेती कम गर्नका लागि जनचेतनामुलक कार्यक्रम आयोजना गरीएको लुम्बिनि प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म तुलसिपुरका बिष्णु न्यौपानेले जानकारीदिए । पछिल्लो समय आगलागीबाट धनजनको क्षेती हुनेगरेको र त्यस्तो बिपद  परे आगलागि नियन्त्रण तथा धनजनको क्षेतीबाट कसरी जोगिने भनेर  डेमो समेत प्रदर्सन गरीएकोथियो ।

जनचेतनामूलक अभिमुखिकरण कार्यक्रममा बोल्दैगाउँपालिका अध्यक्ष शम्भु गिरीले बिपद सम्बन्धि कार्यक्रमले बालबालिकामा बिपद समाधानगर्न धेरै सिप हासिल गरेको र कार्यक्रम फलदायी रहेको बताए । अध्यक्ष गिरीले आफुहरुले गाउँपालिकाका ७ वटै वडामा बिपत ब्यबस्थापन समिती गठन गरेको र गाउँपालिकामा समेत बिपद ब्यबस्थापन साखा मार्फत काम गरीरहेको बताए । गाउँपालिकाभित्र कहिँकतै बिपदपरे वडा हुदै गाउँपालिकासम्म सिधै सम्पर्कगर्न अध्यक्ष गिरीले आग्रहगरे ।

लुम्बिनि प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म तुलसिपुरका प्रमुख सरस्वती अधिकारीले बिपद बाजा बजाएर नआउने भएकाले बिपदवारे पुर्वतयारी तथा बिपदको समाधानका लागि प्राथमिक ज्ञान हुन जरुरी रहेको बताइन ।

अभिमुखिकरण कार्यक्रममा लुम्बिनि प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्मको तालिम प्राप्त टोलिले बिपद समाधानवारे प्रशिक्षण दिएकाथिए ।बिधालयका उल्लेख्य विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण  लुम्बिनि प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म तुलसिपुरका स.इ बिष्णु न्यौपानेले गरेकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो