April 19, 2026

इलाकाप्रहरी कार्यालय तुलसिपुरको आयोजनामा नागरीक सुनुवाइ कार्यक्रम दंगीशरणमा सम्पन्न  ।

0

दंगीशरण पौष ८

इलाकाप्रहरी कार्यालय तुलसिपुरको आयोजनामा नागरीक सुनुवाइ कार्यक्रम दंगीशरणमा सम्पन्न  ।

ईलाका प्रहरी कार्यालय तुलसिपुरको आयोजना तथा ईलाका प्रहरी कार्यालय हेकुलिको सहजीकरणमा नागरीक सुनुवाइ कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।इलाका प्रहरी कार्यालय हेकुलिको आर्थिक बर्ष २०८१/८२ को पहिलो ७ महिनाको गतिविधि तथा प्रहरीप्रतीको नागरीकको धारणा,गुणासो तथा सल्लाह सुझाव सुन्नकालागि नागरीक सुनुवाइ कार्यक्रम आयोजना गरेको इलाकाप्रहरी कार्यालय हेकुलिका प्रमुख दिग्बिजय के.सि.ले जानकारी दिनुभयो । नागरीक सुनुवाइ कार्यक्रम इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा सम्पन्न भएकोहो ।

नागरीक सुनुवाइ कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मुस्कान सहितको सेवा, समुदायमा प्रहरी साझेदारी जस्ता कार्यक्रमहरु व्यबहारतह लागुहुनुपर्ने बताउनुभयो ।यस्तै अध्यक्ष गिरीले पछिल्लो समय लागुऔषधको प्रयोग बढेकोले प्रहरीले त्यसको रोकथाम र नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने बताउनुभयो ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले अपराध अनुसन्धान र सान्ति सुरक्षा सु ब्यबस्थितगर्न गाउँपालिकाका मुख्य बाटोले जोड्ने वडा न ५/६/७ नम्वरका वडामा सि.सि.क्यामरा तथा पिटिजेट क्यामरा जडानगरी सुरक्षित दंगीशरण निर्माणमा अगाडि बढ्ने बताउनुभयो ।

नागरीक सुनवाइ कार्यक्रममाबोल्दै इलाकाप्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरीले प्रहरी जनताको शाशक नभइ सेवकको रुपमा काम गरीरहेको बताउनुभयो ।समाजमा शान्ती सु ब्यवस्था कायमगर्न प्रहरी एक्लैले गर्ननसक्ने भएकोहुदा जनताले पनि प्रहरीलाइ सहयोग र साथदिन आग्रह गर्नुभयो ।सहभागीहरुले उठायका प्रस्न तथा जिज्ञासाहरुको जवाफदिदै प्रमुख ठकुरीले आफु आइसकेपछी तुलसीपुरमा जुवातास,लागुऔषध,ट्राफिक ब्यबस्थापन तथा चोरी डकैती जस्ता कुरामा कडारुपमा प्रस्तुत भएको बताउनुभयो ।

नागरीक सुनुवाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय हेकुलिले आफ्नो कार्यक्षेत्र भित्र चालु आर्थिक बर्षमा अपराधतर्फ: आत्महत्या १ चोरी बाल बिज्याइ ४ जुवातास १ लागुऔषध १ हाडनाता जबरजस्ती करणि १ वटा रहेकाछन ।

उजुरी निबेदनतर्फ झैझगडा ,कुटपिट ८ वटा ७ मिलापत्र १ बाकि ,सामान चोरी ३ सवारी दुर्घटना ३ वटा रहेकाछन ।

लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रमतर्फ वहुबिबाह बालविवाह २ वटा ,आत्महत्या सम्बन्धि ३ मानब बेचबिखन सम्बन्धि २ लैङ्गकि हिंसा सम्बन्धि २ वटा रहेकाछन । नागरीक सुनुवाइ कार्यक्रमको सहजीकरण इलाका प्रहरीकार्यालय हेकुलिका प्रमुख दिग्बिजय के.सी.ले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो