April 21, 2026

दंगीशरण १ को छर्कट्टामा काङ्ग्रेसको १०० दिने अभियान समापन:जनताको माग सिचाइ ।

0

दंगीशरण पौष १० 

नेपालि काङ्ग्रेसको १०० दिने अभियानको दंगीशरण १ ले बुधवार एक कार्यक्रमकाविच वडा न १ को छरकट्टामा  औपचारिक समापन गरेकोछ ।नेपालि काङ्ग्रेस दंगीशरण १ का सभापती तोर्ण बहादुर अधिकारीको अध्यक्षता,नेपालि काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि अभियानका प्रतिनिधि शंकर गिरीको प्रमुख आथित्यता तथा नेपालि काङ्ग्रेस दंगीशरणका शभापती सम्भु गिरीको बिशिस्ट आथित्यतामा अभियानको औपचारिक समापान गरीएको हो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि शंकर गिरीले १०० दिने अभियानले जनतामाझ रहेका समस्या तथा हरेक टोल टोलका  सल्लाह सुझाव संकलनगरी संगठन सुदृढीकरणमा काङ्ग्रेसलाइ अब्बल बनाउन सहयोग पुग्ने बताए ।संगठनको प्रमुख स्तम्ब टोल तथा वडा रहेकाले वडातहमा पार्टि अझ रचनात्मक र सृजनात्मक तवरले अगाडि बढ्नुपर्ने बताए ।

यस्तै कार्यक्रमका बिशिस्ट अथिती नेपालि काङ्ग्रेसका सभापति तथा गाउँपालिका गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आयपस्चात चुनाब अगाडि बोलेका कुराहरु क्रमिक रुपमा पुराहुदै गएको बताए ।कार्यक्रम स्थल वडा न १ को छरकट्टामा खानेपानीको बिकराल समस्यारहेको प्रसङ्ग उठाउदै आफ्नो प्रयास र पहलमा खानेपानीको पाइप लाइन बिस्तारको काम भइरहेको र छिट्टै खानेपानी संचालनमा आउने बताए । कार्यक्रममा सहभागीहरुले छरकट्टावासीहरुको एकमात्रै समस्या सिचाइको रहेको गुणासोगरे ।जवाफमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले वडा न १ को छरकट्टा र गोल्टाकुरी क्षेत्रमा स्यालो ट्युबवेलको परीक्षणको लागि अहिले छर्कट्टामा एउटा स्यालोट्युबेल परीक्षणको लागि निर्माण गर्न लागिएको र सफलभए आगामि बर्षमा उक्त क्षेत्रमा ५ वटा जती स्यालोट्यबेल निर्माणगर्ने प्रतिबद्धता ब्यक्तगरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो