मनिषा कृषि बहुउदेशिय सहकारीसस्था लि.दंगीशरण ७ को ८ औं वार्षिक साधारणसभा सम्पन्न
दंगीशरण पौष ६
सस्थामा आबद्ध सदस्यहरुको जिबनस्तरमा ब्यापक सुधारता र सोहि दिशातर्फ हाम्रो प्राथमिकता भन्ने मुल उदेस्यकासाथ मनिषा कृषि बहुउदेशिय सहकारीसस्था लि.दंगीशरण ७ ले आफ्नो ८औं वार्षिक साधारणसभा सम्पन्न गरेकोछ ।सहकारीका अध्यक्ष प्रकाश के.सि.को अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका लेखासमिती सदस्य चिरिन्जिवि के.सि.को बिशिस्ट आथित्यतामा ८ औ साधारणसभा सम्पन्न भएको हो ।
सहकारीको ८ औं साधारणसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले समयको विकास सङ्गै सहकारीहरुपनि परीवर्तितहुन आवस्यक रहेको बताउनुभयो ।सहकारीको माध्यमबाट कृषि उत्पादनमा जोडदिदै महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।आफुहरु निर्वाचितभएर आयपस्चात सहकारीको माध्यमबाट कृषिमा सुधार तथा किसानहरुको सहजताका लागि संकलन केन्द्रहरुको निर्माणमा अगाडि बढेको बताउनुभयो ।
सस्थाको लेखा प्रतिबेदन प्रस्तुत गर्दै लेखा समितीका सयोजक महेन्द के.ले सहकारीको कुल रकम ७९ लाख, ६६ हजार, ६ सय,सैतिस रहेको ,आर्थिक बर्ष २०८०/८१ मा आम्दानि ६२ लाख,२४ हजार,९ सय,चालिस खर्च ५६ लाख,४ सय, ५६ गरी कुल नाफा ६ लाख,२४ हजार ,४ सय चौरासि रहेको जानकारीदिए ।
साधारणसभामा मुक्तिनाथ विकास बैंकका प्रबन्धक सरोज कुमार लामिछाने,वडा न ७ का वडा अध्यक्ष रेशम वलि,लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।