दंगीशरणमा १५ सय बालबालिकाको पोषण अवस्था जाचिदै ।
दंगीशरण मङ्सिर २६
दंगीशरणमा १५ सय बालबालिकाको पोषण अवस्था जाचिदै ।
दंगीशरण गाउँपालिकामा कुपोषणको अवस्था पत्ता लगाउन १५ सय,बालबालिकाको पाखुराको नापलिने अभियान शुरु गरीएकोछ ।कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परीरहेको गम्भिर प्रभावलाइ मध्यनजरगर्दै गाउँपालिकाका ७ वटै वडाका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाच गर्नलागिएको हो ।हेलन क्यर,भिटामिन एन्जल,र आइडिइको सहयोगमा बेश सस्थादरा संचालित पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत यो कार्यक्रम वडा न २ को सरुवाडाडावाट शुरु गरीएको बेश सस्थाका परीयोजना सयोजक शुरेश चौधरीले जानकारीदिनुभयो ।

बालबालिकाको पाखुराको बिच भागको परीधि मापन गरेर कुपोषणको अवस्था मापन गरीन्छ ।यसरी माप लिदा ५ दशमलव ५ सेन्टिमिटर देखि ११ दशमलव ५ सेन्टिमिटर कडा कुपोषण ,(रातो) चिन्ह ,११ दशमलव ५ सिन्टिमिटरदेखि १२ दशमलव ५ सेन्टिमिटर मध्यम कुपोषण( पहेलो) चिन्ह र १२ दशमलव ५ सेन्टिमिटरभन्दा माथि सामान्य अवस्था मानिन्छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको शारीरीक तथा मानसिक विकासका लागि पोषणको अपरीहार्यता रहेको बताउनुभयो ।अध्यक्ष गिरीले पोषण अवस्थाको बारेमा ५ बर्षमुनिका बालबालिकाको आमालाइ पोषणको महत्त्ववारे सचेतना जगानुपर्ने बताउनुभयो ।सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले देशको बिकाशका लागि ५ बर्षसम्मका बालबालिकाको पोषणमा लगानि गर्न आवस्यक रहेको बताउनुभयो ।उपाध्यक्ष खड्काले पोषणमा सुधार ल्याउन पालिकाले स्वास्थ्य सस्थामा सुत्केरीहुदा राज्यले दिदै आएको २८०० रुपैयामा ३२ सय थपगरी ६ हजार सुत्केरी प्रोत्साहन दिदैआएको जानकारीदिनुभयो ।

गाउँपालिकाका ७ वटा वडाका महिला स्वास्थ्य स्वयंसेवीका मार्फत बालबालिकाको पाखुराको माप लिइने योजना रहेकोछ ।परीयोजनाको पहिलो चरणमा घरदैलो मार्फत सचेतना फैलाउदै सबै बालबालिकाको मल्टिसेक्टरल एक्योन फर न्युट्रीसन मुआका लिने कार्यगरीनेछ । मुआक परीक्षणपछी बालबालिकाको पोषण सुधार गर्ने योजनामा सहयोग पुग्ने परीयोजनाका सामाजिक परीचालक सन्तोष चौधरीले बताउनुभयो । ५ बर्षे अवधिमा पालिकाका सवै वडामा लक्षित उमेर समुहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरीने चौधरीले बताउनुभयो ।यस्तै परीयिजनाका सामाजिक परीचालक अनिता योगिले महिला स्वास्थ्स्वयंसेवीका,स्वास्थ्य प्रदायक सस्था,वडा स्तरीय स्वास्थ्य संरचना,सरोकारवालाबिच समन्वय गरेर पोषण सुधारको प्रयासलाई अगाडि बढाइने बताउनुभयो ।