दंगीशरण गाउँपालिकामा ३३ औं लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको समापन ।
दंगीशरण मङ्सिर १०
दंगीशरण गाउँपालिकाले ३३ औं लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको मङ्गलवार एक कार्यक्रमकाविच समापन गरेकोछ ।गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा १६ दिने अभियानको समापन गरीएको हो ।”हामि सवैको प्रतिबद्धता लैङ्गकि हिंसा अन्त्यका लागि ऐक्यबद्धता “भन्ने उदेस्यकासाथ अभियानको उद्घाटन गरीएकोहो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कुनैपनि प्रकारले हुने लैङ्गकि हिंसा अन्त्यहुनुपर्ने बताउनुभयो ।समयको विकाससङ्गै परीबर्तित समाजमा लैङ्गकि हिंसाहुनु दु:खद रहेको बताउनुभयो ।कुनैपनि ठाउँम लैङ्गकि हिंसा कहिकतै देखे चुप लागेर बस्ननहुने बताउनुभयो ।
यस्तै समापन अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले अझैपनि कतिपय ठाउँमा लिङ्गको आधारमा हिंसा हुनेगरेको बताउनुभयो ।पछिल्लोसमय महिला हिंसा सङ्गसङ्गै पुरुषहरुपनि हिंसामा पर्नेगरेको बताउनुभयो ।अब हरेक ठाउँमा यो या त्यो बहानामा लैङ्गकि हिंसा हुननदिन सवैजना आ आफ्नो ठाउँमा लाग्नुपर्ने बताउनुभयो ।

महिलामाथि हुने हिंसा र मानव अधिकार हननका विरुद्ध मनाइने १६ दिने अभियान अन्तर्गत आज हरेक स्थानियतहमा कार्यक्रमहरुगरी मनाइएकोहो ।अभियान समापन अवसरमा कार्यपालिका सदस्य शितरा नेपालि,वडा न २ का वडा अध्यक्ष डम्बर खत्री,प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालि,लगायतले लैङ्गकि हिंसाको १६ दिने अभियान कहिलेदेखि मनाउन थालियो,लैङ्गकि हिंसा भनेको के हो भन्नेवारे प्रष्ट पार्नुभएकोथियो ।१६ दिने अभियानको समापन कार्यक्रम महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षा युवातथा खेलकुद साखा सहायक उमा के.सि.ले गर्नुभएकोथियो ।