April 19, 2026

दंगीशरण ६ चिसापानी गौशालाको ब्यबस्थापन समिती पुनर्गठन  ।

0

दंगीशरण मङ्सिर २४

चिसापानी गौशालाको ब्यबस्थापन समिती पुनर्गठन  ।

दंगीशरण ६ मा अवस्थित चिशापानी गौशालामा स्थानिय सरकार दंगीशरण गाउँपालिकाले निरन्तर चासो र तदारुकता देखाएपछी चिसापानि गौशालाले मुहार फेर्न थालेकोछ ।

सोमवार चिसापानी गौशाला ब्यबस्थापन समितीको बैठकवसी २ बर्षको आम्दानी र खर्चसमेत सार्बजनिक गरेकोछ ।समितीले गाउँपालिकाबाट पाएको ७ लाख बजेटमध्य गाइ हेरालु,दानापानी,तथा यांत्रिक उपकरण खरीदगरी १ लाख रुपैया बचत गरेको सचिव देब बहादुर केसिले बताउनुभयो ।

गौशाला ब्यबस्थापन समितीको समयावधि सकिएकाले समिती पुनर्गठनसमेत गर्न बसेको समितीको वैठकले समितीसमेत पुनर्गठन गरेकोछ ।

गाउँपालिका अध्यक्ष शम्भु  गिरीले आगामि दिनमा गौशालामा छुट्टायको ७ लाख रकममा २ लाख बचाएको समितिलाइ पालिकाबाट पनि केहि रकम छुट्टाइ भवन निर्माणमा सहयोग गरीने  प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

आफुहरु निर्बाचित भएर आयपस्चात निरन्तर प्रत्येक बर्ष ७ लाख बजेट बिनियोजन गर्दै आएको जानकारी गराउदै जसवाट गाइगोरुलाइ दानापानी,गाइ हेरालुलाइ मासिक पारिश्रमिक सहित हुनेगरेको बताउनुभयो ।पछिल्लो समयमा गाइगोरुलाइ छाडा छोड्ने र ब्यबस्थापनमा चासो नदिइरहेकावेला आफुहरु ब्यब्स्थित गौशाला निर्माणमा लागिपरेको उहाँको भनाइछ ।

गौशाला ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण केसिले पहिलेको समयमा गौसाला ब्यबस्थापन हुन नसकेको र लथालिङ्ग भएको गौसालालाइ आफुहरुले ब्यबस्थित तवरले अगाडी बढाएको बताउनुभयो ।

गौशालाका सचिव देव बहादुर केसिले २०७५ सालदेखि संचालन भएको चिसापानी गौशालामा आफुहरु आएपछि थुप्रै सुधारहरु गरेको बताउनुभयो ।गौसालामा संरचना निर्माणदेखि गाइगोरुको संरक्षणकालागि खटिरहेको र हाल १५० गाइगोरु गौशालामा रहेको समेत जानकारीदिदै एउटा गोठ र हेरालु बस्ने घर निर्माणको आवस्यकरहेको समेत बताउनुभयो ।

यस्तै सोमबार बसेको गौशाला ब्यबस्थापन समितीको बैठकले लक्ष्मण के.सिको अध्यक्षतामा ७ सदस्यीय गौशाला ब्यबस्थापन समिती समेत गठन गरेकोछ । जस्को उपाध्यक्षमा पद्मा रोका सचिवम देब बहादुर केसि.कोषाध्यक्षमा गोबिन्द आचार्य ,यस्तै सदस्यहरुमा गणेश व.लि.गणेश चौधरी,शिब भट्टराई रहनुभएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो