दंगीशरण १ मा महिला स्वास्थ्य स्वयंसेवीकालाइ सम्मान ।
दंगीशरण मङ्सिर २०
दंगीशरण गाउँपालिका वडा न १ ले महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा स्वयंसेवीकालाइ आवस्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेकोछ ।
वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएकोहो ।महिला स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरपारी वडाले वडा भित्रका ६ जना स्वयंसेवीकालाइ दोसल्ला,प्रमाणपत्र र चाहिने आवस्यक सामाग्री झोला,छाता,दराज,परीचयपत्र सहित सम्मान गरेकोहो ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाले पुर्यायको योगदानको उच्च प्रसंशा गर्नुभयो ।नेपालको बाल मृत्युदर,मातृ मृत्युदर समेत घटाउन महिला स्वयंसेवीकाको महत्त्वपूर्ण भुमिकारहेको उल्लेख गर्नुभयो ।
यस्तै वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भुमिकाको उच्च कदरगर्दै सानो सम्मान तथा आवस्यक सामाग्री बितरणका लागि बजेट बिनियोजन गरीएको जानकारीदिनुभयो ।

सोहि अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिले महिला स्वास्थ्य स्वयंसेवीका स्वास्थ्यको प्रमुख बलियो आधार रहेको उल्लेख्य गर्नुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले वडाले सम्मान तथा आवस्यक सामाग्री बितरण कार्यक्रम राखेकोप्रती धन्यबाद ब्यक्तगर्नुभयो ।

वडा न १ आधारभुत स्वास्थ्य केन्द्र रामपुरकी सिनियर अनमि सुन्धारा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्यकेन्द्रका प्रमुख दामोदर शर्माले गर्नुभएकोथियो ।