ब्यबस्थित गौशाला निर्माणमा अगाडि बढ्दै दंगीशरण गाउँपालिका
दंगीशरण मङ्सिर १०
दंगीशरण ६ मा अवस्थित चिशापानी गौशालामा स्थानिय सरकार दंगीशरण गाउँपालिकाले निरन्तर चासो र तदारुकता देखाएको छ ।आइतवार गाउँपालिका अध्यक्ष शम्भु गिरी,प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालि,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी,र पशुसाखा प्रमुख हितराम चौधरी सहितको टोलि गाइगोरुलाइ चिसो नहोसभन्दै प्लास्टिक टनेल र पराल सहित चिसापानी गौसाला पुग्यो ।
चिसोको मौसम शुरुवात भएसङ्गै गाइगोरुलाइ बास बस्न असहज भएको भन्ने खवर सुनेलगत्तै आफुहरु पुरै गाइगोठलाइ पुग्नेगरी प्लास्टिक टनेल र पराल लिएर उपस्थित भएको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।अध्यक्ष गिरीले आगामि दिनमा गौशालामा छुट्टायको ७ लाख रकममा २ लाख बचाएको समितिलाइ पालिकाबाट पनि केहि रकम छुट्टाइ भवन निर्माणमा सहयोग गरीने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आफुहरु निर्बाचित भएर आयपस्चात निरन्तर प्रत्येक बर्ष ७ लाख बजेट बिनियोजन गर्दै आएको जानकारी गराउदै जसवाट गाइगोरुलाइ दानापानी,गाइ हेरालुलाइ मासिक पारिश्रमिक सहित हुनेगरेको बताउनुभयो ।पछिल्लो समयमा गाइगोरुलाइ छाडा छोड्ने र ब्यबस्थापनमा चासो नदिइरहेकावेला आफुहरु ब्यब्स्थित गौशाला निर्माणमा लागिपरेको उहाँको भनाइछ ।
गौशाला ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण केसिले पहिलेको समयमा गौसाला ब्यबस्थापन हुन नसकेको र लथालिङ्ग भएको गौसालालाइ आफुहरुले ब्यबस्थित तवरले अगाडी बढाएको बताउनुभयो ।
गौशालाका सचिव देव बहादुर केसिले २०७५ सालदेखि संचालन भएको चिसापानी गौशालामा आफुहरु आएपछि थुप्रै सुधारहरु गरेको बताउनुभयो ।गौसालामा संरचना निर्माणदेखि गाइगोरुको संरक्षणकालागि खटिरहेको र हाल १५० गाइगोरु गौशालामा रहेको समेत जानकारीदिदै एउटा गोठ र हेरालु बस्ने घर निर्माणको आवस्यकरहेको समेत बताउनुभयो ।
यस्तै गाउँपालिकाका पशुसाखा प्रमुख हितराम चौधरीले दंगीशरण गाउँपालिकाभित्र बसोवासगर्ने वृद्ध असक्तहरुका लागि गाइपालनमा समस्या भएका ब्यक्तीहरुका लागि गौशालामा निस्चित केहि रकम तिरेर ब्यबस्थापन गर्नसकिने समेत जानकारीदिनुभयो ।