दंगीशरणमा किसानको सहजताका लागि थप २ ठाउँबाट कृषि र पशु सेवा शुरु ।
दंगीशरण मङ्सिर ६
किसानहरुको सहजताका लागि थप २ ठाउँबाट कृषि र पशु सेवा शुरु ।
दंगीशरण गाउँपालिकाले किसानहरुको दुखलाइ बुज्दै आफ्ना नागरिकलाइ सहजताहोस भन्दै गाउँपालिकाको कृषि र पशु साखाबाट दिइदै आएको सेवालाइ थप २ ठाउँबाट सेवा विस्तार गरेकोछ ।
गाउँपालिकाको मुकाम हेकुलि सम्म आउन निकै सास्ती बेहोर्ने गरेका वडा न १/२ र वडा न ६/७ का किसानहरुका लागि सोहि ठाउँबाटै सेवा प्रारम्भ गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।आफुहरु निर्वाचित भएर आइसकेपछी कृषि र पशु सेवा पाउन सास्ती पाएको देखेर यस्तो निर्णय गरेको अध्यक्ष गिरीको भनाइछ ।
गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा न १/२ को लागि साविक गोल्टाकुरी गा.वि.स भवनबाट र वडा न ६/७ का लागि वडा न ६ को कार्यालयबाट सेवाशुरु गरेकोहो । सेवा प्रारम्भका लागि वडा न १/२ मा कृषितर्फ चौथो कृषि सहायक लोकमान चौधरी र पशुसाखातर्फ चौथौ पशु सहायक एकराज सुवेदीलाइ पठाइएको हो ।यस्तै वडा न ६/७ का लागि कृषितर्फ चौथो सहायकस्तर लता घिमिरे र पशुतर्फ पाचौं तहका हस्ताराम खड्कालाइ पठाइएकोछ ।
सेवा बिस्तारले पालिकाको पहुँचदेखि टाढारहेका वडाका किसानलाइ कृषि र पशुको सेवामा सहजता आउने अपेक्षा लिएको गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बताउनुभयो ।पशुचौपाय र कृषिमा सानो- सानो समस्या हुदापनि गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यताको अत्यहुने उपाध्यक्ष खड्काको भनाइछ ।
सेवा बिस्तरका लागि भौतिक पुर्वाधार सहित दुबै ठाउँमा कार्यालय सहयोगिको समेत ब्यबस्थागरी सेवाशुरु गरीएको गाउँपालिकाका प्रशासन प्रमुख यादब बहादुर डाङ्गीले जानकारीदिनुभयो ।
जनताको जनजिबिकाको सवाललाइ महत्त्व दिदै आएकोगाउँपालिकाले मानविय विकाश सङ्गै भौतिक पुर्वाधारको विकाशकालाइ अगाडि बढाउदै आएको छ ।धेरैजसो नागरीक कृषिमा निर्भर रहेको गाउँपालिकामा किसानहरुको सहजता र कृषिमा उत्पादन र उत्पादकत्व बढाउन प्रमुख प्राथमिकताका साथ पालिका अगाडि बढेकोछ ।