समुदाय ब्यबसाय सहजकर्ताहरुका लागि सिप विकास सम्बन्धि २ दिने तालिम मेट्रो होटेल तुलसीपुरमा शुरु
तुलसीपुर मङ्सिर ५
हेलन किलर र आइडि नेपालको आर्थिक सहयोग,ब्याकवार्ड सोसाइटी एजुकेसन बेश र कालिका स्वाबलम्बन सामाजिक केन्द्रको सहजीकरणमा पोषण मार्फत जिबन रुपान्तरण परियोजना अन्तर्गत समुदाय ब्यबसाय सहजकर्ताहरुलाइ बिक्री र सिप विकास सम्बन्धि २ दिने तालिम बुधबारदेखि मेट्रो होटेल तुलसीपुरमा शुरुभएको छ ।
पोषण मार्फत जिबन रुपान्तरण परियोजना २०२४/२००३० अन्तर्ग दुइ साझेदार सस्थाहरु बेश सस्था र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुको सयुक्त रूपमा आयोजना भएको समुदाय ब्यबसाय सहजकर्ताहरुका लागि २ दिने तालिमको आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।
बुधवार एक औपचारिक कार्यक्रमका विच बेशका जिल्ला अध्यक्ष महावीर चौधरीले ब्यानर पढेर उद्घाटन गरेकाथिय ।तालिम पोषण क्षेत्रमा पोशण विशेष र पोषण संबेदनसिललाइ टेवा पुग्नेगरी गर्भवती बच्चाको आमा तथा परीवारको सदस्यलाइ पोषणमा लगानि बढाउनुका साथै आफ्नो घर बगैचामा उत्पादन बढाउने उदेश्यले दाङ जिल्लाको १० वटै पालिका र कपिलवस्तुको १० वटै स्थानीय तहमा संचालन गरीएको कार्यक्रमबाट २६ जना ब्यबसाय सहजकर्ताहरुलाइ २ दिने तालिम दिन लागिएको हो ।
बेश सस्थाका कार्यक्रम निर्देशक पिन्कि डाङ्गिको स्वागत मन्तव्यबाट शुरुभएको तालिमको पहिल दिनको कार्यक्रमको सहजीकरण आइडिका परियोजना अधिकृत द्वय जङ्ग बहादुर गुरुङ र सन्तोष शर्मा,र कृषि तथा पोषण अधिकृत मनोज चौधरी र आकाश पौडेलले गर्नुभएकोथियो ।
२ दिने तालिममा वेश सस्थाका सुपरभाइजर निशान केशि र रामप्रसाद चौधरी समेतको सहभागीता रहेकोथियो।