दंगीशरणमा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न
दंगीशरण कार्तिक २९
भेटिनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको प्राविधिक सहयोगमामा एक दिने पशु स्वास्थ्य शिवीर वडा न १ को गोल्टाकुरीमा सम्पन्न भएकोछ ।पशु सेवा बिज्ञकेन्द्र दाङका प्रमुख प्रतिमा बिष्टको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएकोहो ।
पशु स्वास्थ्य बिज्ञकेन्द्र दाङको स्विकृत बार्षिक कार्यक्रम अनुसार दंगीधरण गाउँपालिकाको १ र २ लाइ मध्यनजरगरी साविक गोल्टाकुरी गविसको भवनमा शिविर सम्पन्न गरीएको पशुसाखा दंगीशरणका प्रमुख हितराम चौधरीले बताए ।
शिविर उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका वडा न १ र २ पशुपालनको राम्रो संभावना रहेकाले गाउँपालिकाबाट पनि १ र २ लाइ पशु पकेटको रुपम प्राथमिकतामा राखेको उल्लेख गरे ।कृषि र पशु साखा हेकुलिसम्म पुग्न किसानलाइ असहज भयो भन्ने गुणासो आउनथालेपछी आफुहरुले कृषिसाखा र पशुसाखालाइ वडा न २ र १ को बिच ठाँउबाट सेवादिनेगरी कार्यपालिकाको बैठकबाट समेत पारीत गरीसकेको बताए।
यस्तै वडा न २ का वडा अध्यक्ष डम्बर खत्रीले खेती किसान र पशुपालनमा निर्भर रहेको ठाउँमा शिविर आयोजना गरेकोमा खुसि ब्यक्तगरे वडा न १ र २ मा भौगोलिक बिकटता रहेकाले पशु साखा हेकुलि जान टाढा रहेका किसानका लागि कृषि र पशुसाखाका कर्मचारीलाइ साविक वडा न २ बाटै सेवादिने गरी अगाडी बढ्ने सोच रहेको उल्लेखगरे ।
एकदिने शिविरमा विहिवार मात्रै गाइगोरु ६८३, बङ्गर २२५,कुखुरा ६८९, खोप कुखुरा ६८१ पिपि .आर.४९० र रेविज ८ वटा सहितको उपचार तथा औषधि वितरण गरीएको पशुसाखा प्रमुख हितराम चौधरीले बताए ।