दंगीशरणमा २ दिने पोषण समिक्षा सम्पन्न
दंगीशरण कार्तिक २७
दंगीशरण गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा आथिक बर्ष २०८०/२०८१ को पालिका स्तरीय २ दिने पोषण समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाको सभाहलमा समापन गरीएकोछ ।गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामक गोष्ठीको समापन गरीएकोहो ।समिक्षा कार्यक्रममा गाउँपालिकाभित्रका स्वास्थ्य सस्थाहरुले एकबर्ष भित्रको पोषणको अवस्था तथा बार्षिक गतिविधिवारे जानकारी गराएकाथिय ।
समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य मानव जिबनको अभिन्न अङ्ग रहेको र त्यसमापनि अझ ब्यक्ति स्वस्थ रहन पोषण प्रमुख तत्तव रहेको उल्लेखगरे
अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पछिल्लो समय नसर्ने रोगले जडा गाडेकोप्रती इङ्गितगर्द स्वस्थ खानपान र निरोगि जिबनसैलीप्रती सचेत गराउन स्वास्थ्यकर्मिहरुलाइ आग्रहगरे ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय दाङका भानुज्योती वलिले गाउँपालिकामा पोषण अन्तर्गत बालबिटा खुवाउने कार्यक्रममा कमि देखियतापनि समग्रमा पोषणमा राम्रो भएको उल्लेखगरे यस्तै वलिले स्वास्थ्यकर्मीले गरेको कामको रेकर्ड सहिरुपले राख्न सक्नुपर्ने बताए ।स्वस्थ्यकर्मिले काम गरेपछी समयमा रिपोर्टिङ गर्नु प्रमुख कुरा रहेको समेत उल्लेखगरे ।