December 5, 2024

उपभोक्ताको स्वास्थ्यलाइ मध्यनजर गर्दै दंगीशरणमा बजार अनुगमन

0

दंगीशरण कार्तिक १३

दंगीरण गाउँपालिकाले चाडपर्वको समयमा उपभोक्ताको स्वास्थ्य अवस्थालाइ स्वस्थ राख्न तथा गाउँपालिकाभित्र संचालन भएका पसलहरुलाइ करको दायरमा ल्याउन बजार अनुगमनको कार्यलाइ तिब्रता दिएकोछ ।

दंगीशरण गाउँपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम बजार अनुगमन समितीका सदस्य सचिव लेखनाथ आचार्यको नेतृत्वमा बजार अनुगमन गर्न पुगेको टोलिले दंगीशरण गाउँपालिका अन्तर्गत पर्ने श्रीगाउँ,र बागर क्षेत्रमा संचालनमा रहेका व्यावसायहरुको अनुगमन गरेकोहो ।बजार अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालि, स्वास्थ्य साखा

कृषिसाखा ,पशुसाखा इप्रका हेकुलि इप्रका बागर गाउँपालिकाका आन्तरिक लेखा परिक्षक लगातको सहभागीता रहेकोथियो ।

अनुगमनका क्रममा बिभिन्न पसलहरुबाट म्याद गुज्रेका कोकोकोला,फेन्टा ,बिस्कुट,कुर्मुरे,मैदा,पर्फिम ,जस्ता बस्तुहरु जफत गरीएको र आगामिदिनमा म्याद गुज्रिएका सामाग्रीहरु बेचबिखन नगर्न सुझाव दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिले बताउनुभयो ।

चाडपर्वको समयमा मात्र बजार अनुगमन हुनेगरेको भन्ने स्थानीयको प्रस्नको जवाफ दिदै अधिकृत नेपालिले अब नियमित चौमासिक रुपमा बजार अनुगम गरीने र सवै साना तथा ठुला व्यावसायिलाइ स्थानियतहमा अनिवार्यरुपमा करको दायरामा ल्याउन आग्रह गरीएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो