कपुरकोट बाट तुलसिपुर आउदैगरेको बोलेरो गाडी दुर्घटना, चालकसहित दुईको मृत्यु
तुलसीपुर १० कात्तिक । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत शनिवार विहान करिव साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ बर्षीय सुरेश खड्काको मृत्युभएको छ ।
त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय देवा वली, उहाँ छोराहरु १३ बर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ ।