समाजलाइ स्वस्थ र सस्स्कारयुक्त बनाउन अब हरेक नागरीकमा योगको महत्त्व जागरुक हुन आवस्यक मिश्र
दंगीशरण बैशाख २१
प्रमोद आचार्य
पतन्जलि योग जिल्ला समिती दाङको आयोजना, पतनजलि योग शिवसक्ती साधनाकेन्द्र बाकि बेटारपुरको ब्यबस्थापन तथा पतन्जलि योग समिती नेपालको तत्ववधनमा सहयोग शिक्षक दिक्षान्त समारोह दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।दिक्षान्त समारोह पतन्जलि योग समितिका दाङका अध्यक्ष उदय बहादुर डाङ्गीको
अध्यक्षता,पतनजलि योग समितीका केन्द्रिय मुख्य प्रभारी लव देव मिश्रको प्रमुख आथित्यता, तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतामा सम्पन्न भएकोथियो ।

दिक्षान्त समारोहमा बोल्दै पतनजलि योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रले सरीरको उपचार गरेर थाकेका ब्यक्तिको अन्तिम बिकल्प योग र ध्यान रहेको बताउनुभयो ।निद्रा अल्छीपना र आल्स्यतालाइ हटाउन योग अनिवार्य रहेको उल्लेख गर्नुभयो । समाजलाइ स्वस्थ र सस्स्कारयुक्त बनाउन अब हरेक बिधालायका शिक्षक तथा हरेक समुदायका अभिभावक तथा नागरीकमा योगको महत्त्व जागरुक हुन आवस्यक रहेको बताउनुभयो गाउँपालिकाको हरेक नागरीकसम्म योग कक्षा पुर्याउनु आजको प्रमुख आवस्यकता रहेको प्रमुख अथिती मिश्रको भनाइथियो ।

।कार्यक्रममा बिशिस्ट अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछी पहिलो बर्षमा ३ वटा योगहल निर्माण गरेको बताउनुभयो । योबर्ष २ वटा हल निर्माणाधिन अवस्थामा रहेको र दंगीशरण गाउँपालिकामा ४ वटा कक्षाहरु संचालनमा रहेको समेत जानकारी गराउनुभयो । नैतिक शिक्षा हराउनुले पनि आजभोलिका बाल बालिकामा सस्कारको कमि आएको उहाँको भनाइथियो । सस्कारयुक्त र सुशासनयुक्त समाज निर्माणका लागी आफु सदैव लागि परेको अध्यक्ष गिरीको भनाइथियो ।
कार्यक्रममा बोल्दै पतनजलि योग समितीका लुम्बिनि प्रदेश प्रशिक्षण /प्रशिक्षक विभाग प्रमुख दिपक बस्यालले पतनजलि योग समिती नेपाल समाज सेवा र देश निर्माणको सवालमा बिना स्वार्थ स्वयंसेवकको रुपमा लाग्ने सस्था रहेको बताउनुभयो ।चरीत्रवान ,नैतीकवान र सस्कारयुक्त निरोगि नागरीक उत्पादनको बाटोमा आफुहरु हिडिरहेको उहाँको भनाइथियो ।
दंगीशरण गाउँपालिकाका २७ जना योग शिक्षकहरुलाइ दिक्षित गरीएको हो ।पतनजलि योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रको प्रमुख आथित्यतामा २७ जना योग शिक्षकहरुलाइ दिक्षित गरीएकोथियो ।
पतन्जलि योग समिती दाङका सहप्रभारी बिनोद चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती नेपाल दाङका महासचिव माधव सुबेदिले गर्नुभएकोथियो ।