दिवसहरुलाइ रचनात्मक कार्यक्रमको रुपमा जोड्नुपर्ने काङ्ग्रेस नेता आचार्यको भनाइ ।
दंगीशरण बैशाख २०
नेपालि काङ्ग्रेस दंगीशरण गाउँकार्य समितीले २५ औं महेन्द्र नारायण निधि स्मृती दिवस बिभिन्न कार्यक्रमको आयोजनागरी मनाएको छ । आज एक कार्यक्रमको आयोजनागरी महेन्द्र नारायण निधिको स्मरण र थारुजातिमा विशेषरुपमा समस्याको रुपमा देखिदै आएको सिकलसेल एनेमिया यस्को रोकथाम ,सिकलसेल कस्तो रोग हो र यसबाट कसरी बच्न सकिन्छ लगायत सिकलसेल एनेमियाका बारेमा जनचेतना प्रदान गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नेपालि काङ्ग्रेस दाङका नेता तथा महाधिवेशन प्रतीनिधि केशव आचार्यले साधारण जिवनसैलिका महेन्द्र नारायण निधिको जिवनिका वारेमा चर्चा गर्नुभएकोथियो । दुरदर्शि नेताको रुपमा आफुले चिनेको बताउने आचार्यले आफुले महेन्द्र नारायण निधिलाइ नजिक बाट चिनेको उल्लेख गर्नुभयो ।अर्को एक प्रसङ्गमा प्रमुख अथिती आचार्यले अब साच्चिकै काङ्ग्रेसले स्मृती दिवस, दिवसको रुपमा मात्रै नभएर काङ्ग्रेसले अब रचनात्मक कार्यक्रम लिएर जनताको घरदैलोमा जानुपर्ने बताउनुभयो ।

अब जनताको हरेक सुख दुखमा साथ दिन लाग्नुपर्ने बताउदै आफु २०२९ साल देखि अनवरत रुपमा समाज परीवर्तनको निम्ति लागेको उल्लेख गर्नुभयो ।सिकलसेल एनेमिया जस्तै समाजका हरेक बर्गका सुख दुखको सारथिको रुपमा आफु हरेक ठाउँमा उपस्थिति हुने प्रतीबद्दता ब्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रमका बिशिस्ट अथिती नेपालि काङ्ग्रेस दाङका सहसचिव सुवोध डाङ्गिले बिगतमा पुर्यायका योगदानका कारण आफुहरु आज यो स्थानमा रहेको उल्लेख गर्नुभयो ।

महेन्द्र नारायण जस्ता काङ्ग्रेसका योद्धाहरु प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण देशमा आमुल परीवर्तन आएको उल्लेख गर्नुभयो । महेन्द्र नारायणले जलस्रोत तथा नेपालको बन सम्पदाको बारेमा अन्तर्राष्ट्रिय जगतमा बुलन्द आवाज उठाउने नेतृत्व रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा डाङ्गीले
दंगीशरण गाउँपालिकामा उल्लेख्य रुपमा बसोबास गर्ने थारुजातीलाइ धेरै समस्या पुर्याउने सिकलसेलको बारेमा जनचेतना जगाउने कार्यक्रम निकै रचनात्मक रहेको समेत उल्लेख गर्नुभयो ।
नेपालि काङ्ग्रेसका क्षेत्रीय प्रतीनिधि देविराम कुशारी,क्षत्रीय प्रतिनिधि शितरा नेपालि वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी,नेपालि काङ्ग्रेस दंगीशरण २ का सभापति सर्दिन कुशारी,जनजाति नेता मोहन चौधरी,शोभाकर न्यौपाने ,काङ्ग्रेसका दंगीशरणका प्रवक्ता गोविन्द प्रसाद आचार्य लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।
२५ औं महेन्द्र नारायण स्मृती दिवस नेपालि काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको अध्यक्षता,
नेपालि काङ्ग्रेस दाङका नेता तथा महाधिवेशन प्रतीनिधि केशव आचार्यको प्रमुख आथित्यता तथा नेपालि काङ्ग्रेस दाङका सहसचिव सुबोध डाङ्गिको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।कार्यक्रमको सहजीकरण पार्टी सचिव वामदेव बिष्टले गर्नुभएकोथियो ।