April 21, 2026

भानु माध्यामिक बिद्यालय प्रसडुवामा स्काउट दिक्षान्त समारोह सम्पन्न

0

दंगीशरण चैत ५

भानु माध्यामिक विधालय दंगीशरण ६ प्रसडुवाले भानु माध्यमिक विधालय स्काउट ट्रुप प्रथम दिक्षान्त समारोह तथा कक्षा १० का बिद्यार्थीलाइ बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

वडा न ६ का वडा अध्यक्ष तथा विधालय ब्यबस्थापन समितिका अध्यक्ष रोशन जंग शाहको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा दिक्षान्त तथा बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत १ लाख बजेट बाट स्काउट ट्रुप प्रथम दिक्षान्त समारोह सम्पन्न गरीएको स्काउट शिक्षक सुबाश वलिले जानकारी दिनुभयो ।

दिक्षान्त समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारीरिक मानसिक तथा बिधार्थिको सर्बाङ्गिण विकाशको लागी स्काउटले महत्वपूर्ण भुमिका खेलेको 

बताउनुभयो ,स्काउटले सामुहिक कार्य तथा जनहितको काम गर्ने गराउने प्राकृतिक स्रोतको उपयोग संरक्षण र सम्बर्द्धनका लागी अगाडि बढ्ने जस्ता महत्त्वपुर्ण क्षेत्रमा भुमिका निर्वाह गर्ने गरेको बताउनुभयो ।स्काउटमा लाग्ने जोकोहि देशभक्त बहादुर र अनुसासित हुनुपर्ने बताउनुभयो ।स्काउटको मर्म र नियममा रहि अगाडि बढ्न दिक्षित बिद्यार्थीहरुलाइ अध्यक्ष गिरीले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले  आफु २०७४ मा पहिलोपटक निर्वाचित हुने बित्तीकै बिधालयको सुरक्षा र ब्यबस्थापनका लागी घेराबार गर्न पर्खाल निर्माणको लागि पहल गरेको  बताउनुभयो ।उपाध्यक्ष खड्काले दंगीशरणमा रहेका बिधालयहरुमध्य स्काउटको दिक्षान्त समारोह गर्ने पहिलो बिधालय भानु माध्यामिक बिधालय भएकोप्रती खुसि ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममै बोल्दै शिक्षा युवा तथा खेलकुद साखा प्रमुख बिनोद अधिकारीले ३ जना शिक्षक शिक्षिकाहरुलाइ पालिकाबाट तालिम लिनको लागी पठाइएको र छुट्टाएको बजेटबाट निकै मिहेनत गरी स्काउटमा बिद्यार्थीहरुलाइ जोडेर निकै राम्रो क्रियाकलाप गरेकोप्रती स्काउट मास्टरहरुलाइ  धन्यवाद ब्यक्त गर्नुभयो ।स्थानिय तह शुरुभए यता शिक्षामा क्रमिक रुपमा सुधारहुने चरणमा रहेको र भौतीक पुर्वाधार तर्फ त्यती समस्या नरहेको भएतापनि अव गुणस्तरीय शिक्षा प्रदानमा जोडिने बेला आएको उहाँले बताउनुभयो ।

बिरेन्द्र नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक खिमराज खनालले स्काउट एउटा सिकाइको अवसर भएको र एसको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । बिधालय सुधारको एउटा बलियो तत्व शिक्षकनै भएकोले गुणस्तरीय शिक्षाको लागी शिक्षक बलियो हुनुपर्ने उहाँको भनाइथियो ।

बिधालयक प्रधानाध्यापक महेन्द्र केसिले स्काउटमा जोडिन धेरै बिद्यार्थी इच्छुक रहेकाले आगामि बर्ष प्र्याप्त बजेट बिनियोजन गरिदन आग्रह गाउँपालिका समक्ष आग्रह गर्नुभयो 

स्वागत मन्तब्य बिधालयका पुर्व प्रधानाध्यापक पदम बहादुर वलिको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्काउट मास्टर सुबाश वलिले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो